देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोलकातामाथि चेन्नईको जित

देशान्तर

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । चेन्नईले १८ बल बाँकी हुँदै कोलकाता नाइट राइडर्सले दिएको १०९ रनको लक्ष्य पूरा गर्दै सात विकेटको जित दर्ता गरेको हो ।

चेन्नईले १७ ओभर दुई बलमा तीन विकेटको क्षतिमा १११ रन बनायो । उसका लागि फाप डू प्लेसिसले ४५ बलमा नटआउट ४३ तथा अम्बाती रायडूले ३१ ब्लमा २१ रन बनाए । कोलकाताका सुनील नरिनले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १०८ रन बनायो । उसका लागि आन्द्रे रुसेलले ४४ बलमा नटआउट ५० रन बनाए पनि जितका लागि पर्याप्त भएन । चेन्नईका दीपक चाहरले तीन तथा हरभजन सिंहले दुई विकेट लिए ।