२९ राज्य एवं सात वटा केन्द्र शासित क्षेत्र भएको दक्षिणी छिमेकी देश भारतमा आम निर्वाचन २०१९ को खैलाबैला गाउँसहर कुनाकाप्चा सबैतिर पुगेको छ । राष्ट्रवाद र न्यायवादको परीक्षाको रूपमा विश्लेषण गरिएको ५४५ सिटमध्ये ५४३ ( दुई सिट एंग्लो इन्डियन समुदायबाट पछि राष्ट्रपतिले मनोनयन गर्छन्) सिटमा हुने सत्रौं लोकसभा निर्वाचनको लागि अप्रिल ११ अर्थात् चैत्र २८ गते देखि सात चरणमा मतदान हुँदैछ । मे २६ देखि २८ सम्ममा सम्भवत भारतले नयाँ प्रधानमन्त्री पाउनेछ ।
मतदातालाई आ–आफ्नो पक्षमा पार्न भारतका प्रमुख राजनीतिक दल कंग्रेस र भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेका महागठबन्धन यूपीय र गठबन्धन एनडीएका बीच घोचाघोच र आरोप प्रत्यारोप चलेको छ । मैभी चौकीदार, चौकीदार चोर है,मोदी हैतो मुमकीन हैदेखि लिएर बगावत, दलबदलु, मै भी बेरोजगार, लता मंगेशकरले नरेन्द्रमोदीको कविता सौगन्ध मुझे इस मिट्टीकी लाई स्वर दिएको विषय ।
उम्मेदवारको टिकट करोडौंमा साटेको आरोप लाउँदै पार्टीबाट इस्तिफा, मोदी फेरि प्रधानमन्त्री भए राजनीतिबाट सन्यास, फेसबुकले कंग्रेसको ६८७ फेसबुक एकाउन्ट तथा पेज हटाएको, चुनावको मुखमा आएर एलपी ग्यासको मूल्य बढाएको, प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा बनेको चलचित्र, बेगुसरायका भाजपा नेता गिरिराज सिंहले राहुललाई रानीको छोरा अब स्मृति इरानीसँग डराएर भाग्दैछन् ।
चुनावी जनसभामा बोलेका, कंग्रेसको न्याय योजनालाई रघुराम राजनले समर्थन गरेको सन्दर्भमा केन्दीय बैक स्वायत्त निकाय भएकाले स्वायत निकायमाथि प्रश्नचिन्ह उठने भएकाले पूर्वगभर्नरले कुनै दलको कार्यक्रमको सम्बन्धमा बोल्नु नहुने भन्ने केन्द्रीय वित्तमन्त्री अरुण जेटलीको भनाइ, आईएस अफिसर रत्नप्रभा भाजपामा र केन्द्रीय बैक आरबीआईका पूर्वउच्च अधिकारी कंग्रेसमा प्रवेशको खबर, अमित साह सूर्या तेजस्वीको ढाल बनेर कर्नाटकको चुनावी सभामा सामेल भएको, नेसनल कन्फ्रेन्सका ओमर अवदुल्लाहले जम्मु कश्मीरमा छुट्टै प्रधानमन्त्री आवश्यक छ ।
जनसभामा बोलेको योगी आदित्यनाथले भारतीय सेनालाई मोदीजीका सेना भनेर सम्बोधन गरेको, अघिल्लो चुनावमा नरेन्द्र मोदीको सम्बोधनमा ८० प्रतिशत उच्चारण ‘सबका साथ सबका विकास’ भन्ने नारा भएकोमा अहिले चाहिँ ‘मन्दिर वहीं बनेगा’ नयाँ नारा ल्याएर विकासलाई ओझेलमा पारिएको भन्ने तर्कहरू, भाजपाले हिन्दूधर्म खतरेमे है भनेकोमा विपक्षी गठबन्धनले बेलायती–मुगलहरूले हजार वर्षसम्म शासन गर्दा खतरा नहुने अहिले चाहिँ कसरी हुने ? बरु मोदी जी खतरे मे है भन्दै प्रतिउत्तर दिन थालेका कुरा ।
लगायत भाजपाले कंग्रेसका सभासद्हरू मागेको रकम दिएर खरिद गर्ने गोप्य योजना ‘अपरेसन कमल’ यसलाई केही सञ्चारकमीले ‘अपरेसन ब्ल्याक कमल’ को नाम पनि दिएका छन् जो चलखेलको चर्चा पनि चलेको छ ।
मध्यमवर्गीय मतदाताहरू हाम्रो करको रकम बाँड्नलाई हैन भन्दैछन् । अप्रिल १ लाई अप्रिल फुल पनि भनिन्छ र यसलाई मोदी दिवसको रूपमा मनाउनुपर्ने तर्क पनि विपक्षीहरूले गरेका छन् । आरएसएस भारतको लागि समस्या बन्न सक्छ भन्ने भारतीय केन्द्रीय बैंकका पूर्वगभर्नर रघुराम राजन पनि चर्चामा छन् ।
मध्यप्रदेशको भाजपा टिकट वितरणमा असन्तुष्ट पक्षधरहरूले आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेरे भन्ने हल्ला चलाइएको छ । मेनका गान्धीले राहुलको विरुद्धमा मोर्चाबन्दी गरेकी छन् भन्ने प्रचारबाजी पनि गरिन थालिएको छ । उत्तरप्रदेशको बुलन्द सहरमा हत्या गरिएका प्रहरी कर्मचारी सुबोधकुमार सिंहको सम्बन्धमा मुख्यमन्त्री योगीले उदासीनता देखाएको भन्ने चर्चा फेरि ब्यँुतिएको छ ।
गठबन्धनमा क्षेत्रीय पार्टीहरू हावी भएकाले कंग्रेसलाई पछि असजिलो हुने तर्क पनि बुद्धिजीवीहरू गर्दैछन् । चर्चाको विषयमा नेपालका उच्च पदस्थ राजनेताहरूको सामाजिक सञ्जालमा प्रसारित ट्रोल बनाउने युवकहरूलाई कारबाही गरेको सन्दर्भमा चर्चाको शृंखलामा मोदी र इरानीको सामाजिक सञ्जालमा आएको ट्रोलमाथि गम्भीर अपराध मानेर भएको कारबाही, वामपन्थीको जन्मभूमिमा कंगे्रसको उम्मेदबारलाई सबक सिकाउने भनेर केही वामपन्थी नेताहरूले दिएको वक्तव्य ।
सोनिया र प्रियंका गान्धीको पहिरन माथि भजपाका नेता कार्यकर्ताको टिप्पणी, चुनावी गर्मीसँगैं बढेको दिल्लीको तापक्रम, आरजेडीमा मतभेद, मायावतीका सालिकका प्रसंग पनि थपिएका पाइन्छन् । राफेल काण्डमा सरकारले जनतालाई ढाँटेको हो भन्ने स्वरहरू पनि सुनिन थालेको छ । दिल्लीमा विपक्षी गठबन्धन हुन नसकेको विषयले पनि मेडियालाई मसला मिलेको छ ।
औला भाँच्दै गुजरातीसँग कसैले सक्दैन भन्ने प्रसंग पनि गफगाफको विषय बनेको छ । समर्थक मतदाताहरू यी दुई गठबन्धनका नेताहरूले चुनावी सभालाई सम्बोधन गर्दा तथा विभिन्न अन्तर्वार्ता दिँदा भनेका कुरालाई लिएर सामाजिक सञ्जाललाई रमाइलो बनाइरहेका छन् । पत्रकारहरू, व्यंग्य चित्रकारहरू एवं विद्युतीय सञ्चार माध्यमहरूले पनि व्यवसाय पाएका छन् ।
अघिल्लो निर्वाचनमा गधा सम्मेलनलगायतका केही व्यंग्य कविता सम्मेलनको आयोजना गरेको टेलिभिजन च्यानेल ‘आजतक’ले केही दिनअघि यसपालिको चुनावको सन्दर्भमा सञ्चालिका श्वेतासिंह भएको ‘चौकीदारका सम्मेलन’ नामको कार्यक्रमको आयोजना गरी विभिन्न राज्यका प्रसिद्ध हास्यव्यंग्य कविहरूको जमघट गरायो ।
नेपालको नाम जोडियो
भाजपाले मैं भी चौकीदार भन्ने चुनावी नाराको अभियान सुरु गरेपछि नेपालको नाम पनि त्यो चौकीदारी अभियानसँग जोडियो, खासगरी विपक्षी महागठबन्धनबाट । आम आदमी पार्टीकी एक महिला राजनीतिज्ञले चौकीदार त सस्तो भए पनि महँगो भए पनि नेपालबाट मगाउन सकिन्छ तर हामीलाई राम्रो प्रधानमन्त्री पो आवश्यक छ ।
विवादस्पद ट्विट गरेपछि पछि हटाउनु परेको अवस्थामा आजतकले आयोजना गरेको चौकीदारका सम्मेलनमा बिहार राज्यका कवि शम्भु ‘शिखर’ले कवितावाचनको दौरानमा चौकीदार त नेपालका इमानदार हुन्छन् भन्दै ‘नेपालका भी रोजगार छिन लोगे’ भनेर भाजपाप्रति कटाक्ष गरेका थिए । यसरी नेपाल चौकीदार आपूर्ति गर्ने देशको रूपमा महागठबन्धनले चित्रण गरेको पाइयो । नेपाल र वीर गोर्खालीको सामथ्र्यको बदनाम गरेको भन्दै ‘वीर गोरखा वेब टीभी’ नामको युट्युबमा दीपक राईले हिन्दीमा राम्रो टिप्पणी गरेका छन् ।
नयाँ हिन्दी शब्द कोश
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशको मेरुत चुनावी सभालाई सम्बोधनको क्रममा विपक्षी गठबन्धनमध्ये समाजवादी पार्टी ÷सपा, राष्ट्रिय लोकदल÷रालोद र बहुजन समाजबादी पार्टी÷बसपा लाई ‘सराब’ उपनामले सम्बोधन गर्दै ‘सेहत ’के लिए सरावसे दूर ही रहना चाहिय भनेपछि अखिलेश र लालु यादवले सराब र सराबबीच अन्तर गर्न नसकेको भनेर सुझाव पनि दिएका छन् । अर्कोतर्फ सेहदको सट्टा सेहत भनेर अर्थ न बर्थको कुरा गरेको भनेर उल्टै मोदीलाई उडाउन थालेका पनि छन् ।
त्यसैगरी, मोदीले समाजवादी–कांग्रेस–अखिलेश–मायावतीलाई ‘सकाअम’ शब्दले सम्बोधन गरेपछि सञ्चारमाध्यमले नयाँ शब्दहरूको सिर्जना हुन लागेकाले शव्दकोश नै पल्टाउनुपर्ने अवस्था आएको चर्चा गर्न थालेका पनि छन् । राहुल गान्धीले जीएसटीलाई गब्बर सिंह टेक्सको नामकरण गरेपछि अब शब्दकोशमा परिवर्तन गर्नुपर्ने भो नि भन्ने अर्को रमाइलो चर्चा पनि सुरु भएको छ ।
फेरि राहुलले इन्डियन एक्सप्रेसको हवाला दिँदै राफेल काण्डको सन्दर्भमा मोदीलाई ‘बिचौलिया’ शब्द प्रयोगगरी नयाँ नाम दिएकोले शब्दकोशमा थप्नुपर्ने भन्ने हस्यौंली मसला पनि विरोधीहरूले पाएको देखिन्छ । राहुल गान्धीले उठाएको हिन्दु आतंकवाद र हिन्दु उग्रवाद शब्दहरूको अर्थको लागि हिन्दी शव्दकोशको नयाँ संस्करण निकाल्नुपर्ने भाजपा समर्थक मतदाताहरूको मुखबाट सुनिन थालिएको चर्चा छ ।
शब्दहरूको शंखलामा प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई ‘स्पिडब्रेकर दिदी’ भनी सम्बोधन गर्नु भएको, विपक्षी मुस्लिम नेता असबुद्धिन ओबेसीले मोदीलाई ‘झूटोकी बादशाह’ भन्दै लगाएको आरोप, भाजपा अध्यक्ष अमित साह तथा राजस्थानका भाजपा नेता पूर्व केन्द्रीय मन्त्री गुलावचन्द कठरियाले कंग्रेसको चुनावी घोषणपत्रलाई ‘झूटका पुलिन्दा’ भनेर गरेको विश्लेषण, महाराष्ट्रको पिपुल्स रिपब्लिक पार्टीका नेता जयदीप कावडेले ‘पति बदल्ने वाली महिला’ भन्दै केन्द्रीय मन्त्री स्मृति इरानी माथि गरेको टिप्पणी, शिवसेना सदस्य सञ्जय राउतले सामना पत्रिकामा प्रकाशित छ ।
आफ्नो लेखमा बेगुसरायका वामपन्थी उम्मेदवार कन्हैया कुमारलाई ‘जहरका बोतल’ भन्ने शव्दले प्रहार गरेको, अरुणाञ्चलका भाजपा प्रदेश अध्यक्ष र मुख्यमन्त्री पेका खान्डुले १८० लाख भारु मतदातालाई बाँड्न ठीक पारेको रकम जफत गरेको भन्दै कंग्रेसले शब्दहरू जोड्दै भाजपाले ‘नोट दो भोट लो अभियान’ सञ्चालन गरेको भनी शब्दहरू जोडी लगाएको आरोप, मुलायम सिंह यादवलाई ‘भाजपाका एजेन्ट’ भनी भीम सेनाका संस्थापक नेता चन्द्रशेखर आजाद रावणले दिएको उपनामजस्ता थप नयाँनयाँ शब्दहरू पनि जोडिएका छन् । मोदीले महागठबन्धनका नेतालाई ‘मिलावटी नेता’ भनेपछि शब्द युद्ध सुरु भएको भन्ने विश्लेषण गर्न थालिएको छ । नेताहरूले भाषाको बेहाल बनाएका र खिल्ली उडाएका भनेर टिप्प्णी हुन थालेको छ ।
मुद्दा कि माहोलको सिर्जना ?
भारतीय मतदाता भन्छन्– जसको सरकार भए पनि हामीलाई घोषणापत्र हैन परिणाम चाहिन्छ, अब जनता धेरै शिक्षित भएका छन । ९५ प्रतिशत मतदाता भाषणमा बहकिँदैनन्, पाँच प्रतिशतलाई मूर्ख बनाई बहकाउन सकिएला । विपक्षी गठबन्धनले चाहिँ भाजपा माथि अघिल्लो चुनावी प्रतिबद्धताको उपलब्धिबारे कुनै चर्चा गर्दैन, न दुई करोड रोजगार दिने न त अहिलेको गरिबी, बेरोजगारी, कालाधनलगायतका मुद्दाबारे कुरा उठान गर्छ बरु यीबारे मौन बसेको छ ।
खाली पेन्सन, हिन्दु मुस्लिमको नाममा देशलाई बाँडेको, सर्जिकल स्ट्रयाइ्क, आतंकवादको नाममा पाकिस्तानलाई धम्की र चीनको विरोध आपूmहरूले नगरेर आफ्ना समर्थक र कार्यकर्ताद्वारा विरोध गर्न लगाई चुनावमा कथित राष्ट्रवादको कथित चुनावी माहोल खडा गरेको छ, मुद्दा बाईबाई माहोल हाईहाई गरेर निर्वाचनमा विजय प्राप्त गर्ने कुचेष्टा गरेको भन्ने आरोप लगाउन थालेको छ । विपक्षी गठबन्धनले भाजपाको पुरानो वाचा, भ्रष्टाचार, गरिबी बेरोजगार, जीयसटी, नोटबन्दी, जीएसटी, राफले, गरिवलाई मासिक ६ हजार वितरणलगायतका मुद्दाहरू उठाएको छ ।
मोदीले हालै सम्बोधन गरेका चुनावी सभामध्ये मेरठ र आसामको सभामा मात्र युवालाई स्वरोजगारसँग जोड्ने काम पहिलो पटक एनडीए सरकारले गरेको छ भनेर दुई पटक मात्र मुख्य मुद्दामा भाजपा बोल्यो भनेर विपक्षीले औंला ठड्याउन थालेको चर्चा पनि ताजै छ । मुख्य मुद्दाभन्दा शब्द जाल एवं माहोलको सिर्जना गर्ने चुनावी अभियानमा चुनावी राजनीति अल्झेको छ भन्ने टिप्पणी भारतीय एनडीटीभीका कार्यक्रम सञ्चालक रविस कुमारको पनि छ ।
युवा मतदाताहरूको चासो
शिक्षित बेरोजगार युवाहरू गुण र दोषको आधारमा निष्फिक्रीसँग आफ्ना धारणहरू राख्न थालेको देखिन्छ । उनीहरूको इलाहाबादको नाम प्रयागराज राखेर नाम परिवर्तनको कारणले हुन जाने करोडौं खर्च रोजगारीतर्फ लगाएको भए पनि त हुन्थ्यो नि गुनासो छ । भाजपाले दुई करोड रोजगार सिर्जना गर्ने घोषणा गरेकोमा, डिग्री हातमा लिएर बेरोजगार बस्नु परेको, आईपीएस आईएस अफिसर, डाक्टर, इन्ज्निियर, सीए बनाउँलान् भनेको त पकौडा तार्ने र चौकीदार पो भइयो भनी गुनासो पोख्दै “अबकी बार रोजगार दिनेवालों की सरकार” भन्दै ठट्टा पनि गर्न थालिएको छ । मुद्दा युवाहरूको रोजगारीमा हुनुपर्छ किसान मजदुरको बलबुताबाट अर्थतन्त्र चलेकाले तीनको हित केन्द्रित मुद्दा हुनुपर्छ भन्ने उनीहरूको तर्क सुन्न पाइन्छ ।
केही ठट्यौली बोली
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरमा पनि सम्बोधन गर्नु भएको छ । विभिन्न सम्बोधनमा उहाँले– चौकीदार डरेगा नही, एकतरफ दमदार चौकीदार है दुसरी तरफ दागदारो के भरमार है, चौकीदारको चुनौती देनेवाला रो रहे है देशके लिए इस चौकीदार ने सवकुछ दाउपर लगाएँ हैं, चायवालोके दर्द चायवालोही समझ सकता है, गरिबीका कारण हि कांग्रेस है भन्ने जस्ता रमाइला कुराहरू गर्नुभएको छ ।
हालै नेपालका प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसलाई कठैबरा कांग्रेस भनेझैं मोदीले पनि कांग्रेस रो रहा है भनेर खिस्सी गर्नु भएको छ । विरोधीले प्रहार गरेको कुरालाई समेटेर त्यसको सिँढी बनाएर आफू अघि बढने कुरा गर्नुहुन्छ । हालै भाजपासँग असन्तुष्ट चलचित्र अभिनेता शत्रुघन सिन्हाले मोदी लहर नही मोदी कहर आया है भन्दै उनले यसपालिको निर्वाचनमा नेगेटिभ भोट निकै खस्ने दाबी पनि गर्छन । भाजपामा प्रवेश गरेका फिल्म नायक मिथुन चक्रवर्ती, हेमा मालिनी, जयाप्रदा र दुईजना भोजपुरी नायकहरू मोदीको विकल्प नै छैन भन्छन् भने कंग्रेस प्रवेश गरेकी उर्मिला मातोन्डकर चाहिँ विकास र सुरक्षाको लागि कंग्रेसले नै जित्नु पर्ने कुरा गर्छिन् ।
राहुलले नीति आयोगलाई मोदीको पक्षमा मार्केटिङ गर्न माहोल बनाएकाले आफ्नो सरकार बनेमा यस आयोगलाई खारेज गर्ने दावा गरेको कुराले पनि कभरेज पायो । भाजपाका नेताहरूले ५० वर्षसम्म भाजपाले शासन गर्ने कुरा गरेको सन्दर्भलाई लिएर विपक्षीले भाजपा अधिनायकवाद हुन खोजिरहेको आरोप लगाएका सन्दर्भमा नेपालमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाले २० वर्ष सत्ता चलाउँछ भन्नु हुँदा यस्तै आरोप लागेको सम्झना हुन्छ ।
बीके र टीके
सेनाबारे विवादस्पद टिप्पणी गरेका कारण देशको विरुद्ध बोलेको भनी विवादमा आएका जवाहरलाल नेहरू विश्वविद्यालय छात्र संघका पूर्वनेता डा. कन्हैया कुमार अहिले भारतमा निकै चर्चामा छन् । जेएनयूमा उनको प्रचारको लागि विद्यार्थीहरू छलफल गरिरहेको चर्चाको बीच भारतीय कम्युनिस्ट पार्टीको तर्फबाट बिहारको लालगढ तथा भूमीहार ब्राह्मणको राजधानी भनेर परिचित बेगुसराय जिल्लाबाट संयुक्त युवा वामपन्थी उम्मेदवारका रूपमा मनोनीत भएका उनी आरएसएस एवं मोदी माथि खनिएका छन् ।
राहुल गान्धी भाजपाको नजरमा यदि पप्पु हुन् भने मोदी हाम्रो नजरमा गप्पु हुन् । देश संविधानअनुसार चल्ने हो आरएसएसले चलाउने होइन, २९ दलको गठबन्धन बनाउने र बिहारमा पाँच सिट लुरुक्क परेर अरूलाई छोड्ने मोदी प्रधानमन्त्री पो हुन कसरी शेर हुन सक्छन्, मोदीजी कर्पोरेटद्वारा खडा गरिएका ब्रान्ड हुन् र ब्रान्डिङमा जनता ठगिन्छन् । पुँजीको पुनर्संरचनाबाट सिर्जित समाजको नयाँ वर्ग र आन्दोलनको नयाँ स्वरूपलाई बुझ्न नसक्दा रुस र कम्युनिस्ट दल विघटन भएको प्रसंग उठाउँदै उनले शिव सेनाको आफ्नै पत्रिकाले नै चौकीदार चोर है ।
समानता समाजको लागि जरुरी छ । दिल्लीलाई प्रदूषणबाट बचाउने हो भने सवारीसाधनमा पनि परिवार नियोजनको जस्तै हम दो हमारे दो भन्ने नारा तय हुनुपर्छ, चुनाव वृत्ति होइन देश र संविधान विरोधीलाई तह लाउने मौका हो भन्ने जस्ता कुरा उठाएका छन ् । बेगुसरायमा कुनै पनि हालतमा चुनाव आफूले नै जित्ने दाबी गरिरहेका भाजपाका गिरिराज सिंहले कन्हैयालाई धम्की दिए रे भन्ने अफवाह पनि फैलिएको छ ।
त्यसैगरी, कर्नाटक राज्यको बैंगलोरमा दक्षिण सिटबाट भाजपाले २८ वर्षीय युवा उम्मेदबार तेजस्वी सूर्यालाई उम्मेदवार बनाएको अनि निजले महागठबन्धनलाई ‘देश विरोधी’को बिल्ला भिराएको विषय पनि अहिले चर्चामा छ । यसरी युवा मतदाताहरूबीच बीके र टीकेको चर्चा छ । पूर्व रेलमन्त्री लालु यादवका छोराले लालु– रावडी मोर्चा बनाउने हलला चलेको सन्दर्भमा युवा नेताहरूमा आफ्नै अलग पहिचानको महत्वाकांक्षा बढ्दै गएको टिप्पणी गर्न पनि थालिएको छ ।
रेल्वेको चिया कप र फोटो
शताब्दी एक्सप्रेस रेल्वेले चिया खुवाउन ठेक्का दिएका ठेकेदारले यात्रुलाई चिया बाँड्ने प्लाटिकको कपमा हम भी चौकीदार भन्ने प्रिन्ट गरेको मामलामा आचारसंहिता तोडेको उजुरी परेपछि निर्वाचन आयोगको आदेशपछि ती जरिवानासहित कपहरू हटाउनु परेको र प्रम भएर कुनै एउटा पार्टीको चुनावी सभामा सम्बोधन गर्न नमिल्ने भनी परेको उजुरीमा मोदीलाई समेत क्लिन चिट दिएको प्रसंग पनि चर्चामा छ । त्यसैगरी, प्रम नरेन्द्र मोदीको फोटो राखिएको रेल्वे टिकटबाट फोटो हटाउन निर्वाचन आयोगले आदेश दिएको छ ।
प्रतिक्रिया