काठमाडौँ – नेपाल बार एशोसियसनको जारी मतगणनामा लोकतान्त्रिक प्यानलले अग्रता घटाएको छ ।
शनिबार भएको मतदानको सोमबारदेखि जारी मतगणनामा प्रगतिशिल प्यानलका चण्डेश्वर श्रेष्ठले २७५७ र लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले २७०५ मत ल्याएका छन् ।
हिजो बेलुकासम्म श्रेष्ठले ७० मतको अग्रता कायम गरेका थिए भर्खरै प्राप्त विवरणअुनसार उनी जम्मा ५२ मतले अघि छन् । महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता कायमै गरेका छन् । उनले २८२७ मत पाएका छन् भने प्रगतिशिलका सुरेन्द्र थापाले २५९२ भोट ल्याएका छन् ।
अरु पदमा पनि दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । निर्वाचन समितिका एक सदस्यका अनुसार काठमाडौँ जिल्ला अदालत बार र पाटन उच्च अदालतको बारको मतगणना भइरहको छ ।
प्रतिक्रिया