देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैशाख ४ मा अन्तरिक्षमा नानो स्याटेलाइट’प्रक्षेपण गर्ने सरकारको तयारी

देशान्तर

काठमाडौँ । नेपालको नानो स्याटेलाइट वैशाख ४ गते भू–उपग्रहमा प्रक्षेपण गरिने भएको छ । जापानमा पढ्दै गरेका नेपाली विद्यार्थी आभाष मास्के र हरिराम श्रेष्ठले नानो स्याटेलाइटलाई प्रक्षेपणका लागि अन्तिम रुप दिइएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट)ले जनाएको छ ।

उनीहरुले संयुक्त राष्ट्र संघको बर्ड्स कार्यक्रमअन्तर्गत जापानमा इन्जिनियरिङ पढिरहेका छन् । आभाष र हरिरामले जापानमा रहेको क्यूसु इन्स्ट्च्यिूट अफ् टेक्नोलोजी क्यूटेकसँगको सहकार्यमा नानो स्याटेलाइट बनाएको नास्टको प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालले बताए । स्याटेलाइट बनाउन सरकारले नास्टलाई एक करोड ८२ लाख रुपैयाँ दिएको छ ।

अप्रिल १७ तारिखमा अमेरिकाबाट नेपाली युवाले ‘नेपाली स्याट’ नाम दिइएको नानो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिनेछ । स्याटेलाइटमा नेपालको झण्डा भएको स्टिकर टाँसिएको छ ।

नेपालले पूर्ण क्षमताको स्याटेलाइट ३५ महिनाभित्र अन्तरिक्षमा पठाउने तयारी गरिरहेका बेला नानो स्याटेलाइटलाई अन्तरिक्षमा पठाउने तयारीलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाण्डौमा गरेको अन्तरक्रियामा नास्टको प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालले नेपालले व्यावसायिक प्रयोजनको लागि अन्तरिक्षमा पूर्ण क्षमताको अन्तरिक्ष पठाउने तयारी गरेको बेला नानो स्याटेलाइट प्रक्षेपणले ठूलो महत्व राख्ने बताए ।

उनले ‘भू–उपग्रहमा नेपालको स्थान छ तर स्याटेलाइट नभएकाले नानो स्याटेलाइट प्रक्षेपण गर्न लागिएको र यसले नेपालको भविष्यमा पूर्ण क्षमताको स्याटेलाइट प्रक्षेपण गर्ने कुरालाई बल पुर्याउने बताए ।

अन्तरिक्ष यात्रामा पहिलो कदमस्वरुप नेपालको झण्डासहित वैशाख ४ गते नानो स्याटेलाइट प्रक्षेपण गरिनेछ । यो अन्तरिक्षमा पुगेर स्थान लिन जेठ पहिलो हप्तासम्म लाग्नेछ । यसको तौल १३ सय ग्राम छ । र यसको साइज क्यूब आकारमा जम्मा १० सेन्टिमिटर मात्रै हुनेछ ।

यो सानो भएको र परिक्षणका लागि धेरै ध्यान दिइएकोले नेपालले अन्तरिक्षमा जुन स्थान पाएको छ, त्यो स्थानसम्म पुग्नेछैन । पृथ्वीबाट ४ सय किलोमिटरको दूरीमा नै नेपाली स्याटेलाइट रहनेछ । यसको आयु ३ वर्ष हुनेछ । ३ वर्षपछि यसका उपकरण आफै जलेर नष्ट हुनेछन् । नानो स्याटेलाइटमार्फत नेपालले नेपालको भौगोलिक अवस्था र अरु केही नेटवर्किङका बारेमा जानकारी लिन सकिनेछ ।