काठमाडौं । बिदेसिनु परेको पीडा भोगिरहेका नेपाली युवाको दुःख व्यक्त गर्दै गायक चन्द्रकान्त पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेशी हुने रहर कसलाई हुन्छ र ?’ बोलको गीतमा बाध्यताले बिदेसिनु परेको युवाको वेदना समेटिएको छ ।
यो गीतलाई प्रवासमा रहेका नेपाली र तिनका परिवारले बढी रुचाएका छन् । गीतमा गायक चन्द्रकान्तकै संगीत र स्वर तथा दिव्या राईको शब्द रहेको छ ।
गीतको भिडियोमा कल्याणी ठकुरी, शिल्पा विमली, वैष्णवी पौडेल र चन्द्रकान्तले अभिनय गरेका छन् । गीतको कमाइबाट उठ्ने रकमको ५० प्रतिशत मिर्गौला पीडितलाई दिने योजना रहेको गायक पौडेलले बताए ।
प्रतिक्रिया