देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षा नीतिको दिर्घकालिन अवधारणा तय गर्न संसदीय समितिद्वारा विज्ञहरूसँग छलफल

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुधार नै सरकारको प्राथमिकता हुनुपर्ने वताएकी छन् ।

समिति अन्तर्गतको शिक्षा उपसमितिले शिक्षा नीति सम्वन्धमा दिर्घकालिन तथा समय सापेक्ष अवधारणा तयार गर्न विज्ञ तथा सरोकारवालाहरुसँग विहीबार सिंहदरवारमा आयोजना गरेको छलफलमा सभापति घर्तीले सामुदायीक शिक्षाको सुधारमा लाग्नुपर्ने वताएकी हुन् ।

कार्यक्रममा शिक्षा उपसमितिका संयोजक उमेश श्रेष्ठले झण्डै ५० बर्षपछि नयाँ शिक्षा ऐन निर्माणको तयारी भइरहेकाले शिक्षामा दिर्घकालिन सोचसहितको नीति र त्यसलाई कार्यान्वयन गर्न सहज हुने गरि ऐन नियमहरु निर्माण गर्न सक्नुपर्ने वताए ।

छलफलमा पुर्वमन्त्री डा गंगाधर तुलाधर, योजनाविद् डा. स्वर्णीम वाग्ले, शिक्षविदहरु डा. मनप्रसाद वाग्ले, महाश्रम शर्मा, जयराज अबस्थी, विनय कुयियत, हरी लम्साल, जनार्दन नेपाल चन्द्रमणी पौडेल, लुम्बिनी विश्वविद्यालयका उपकुलपति ह्दयरत्न बज्राचायर्, हिसानका अध्यक्ष रमेश सिलुवाल, राजेश खड्का, डा शान्ता दिक्षित तथा नेपालका उत्कृष्ट सामुदायिक विद्यालयका प्राचार्यहरु धनन्जय शर्मा, तेजश्वी वराल, घनश्याम पाठक र सरोज आचार्य लगायतले शिक्षा नीति र संघीय शिक्षा ऐन निर्माणमा समेटनुपर्ने प्रावधानहरुबारे सुझाव दिए ।