अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करणको खेलमा आज क्यामरुनी टोली दाफिन्स फुटबल क्लबले विभागीय टिम एपीएफको सामना गर्दै छ ।
यसअघि २ पटक एपिएफ र दाफिन्स खेलेका थिए । जस्मा दुवै खेल दाफिन्सले आफ्नो पक्षमा पारेको छ ।
पोखरामा सम्पन्न मनकामना केबलकार कपमा १–० गोल अन्तरले विजय हासिल गर्दै दाफिन्सले नेपाली घरेलु फुटबलमा पहिलो उपाधि हात पारेको थियो । त्यसको ३ दिन नवित्दै धरानमा सम्पन्न २१ औ बुढासुव्वा गोल्डकपको क्वाटरफाइनलमा २–० ले एपिएफ पराजित बन्यो ।
दाफिन्स झापा गोल्डकपको चौथो संस्करणमा विभागीय टिम त्रिभुवन आर्मीसंग सेमीफाइलनमा पराजित बनेको थियो ।
इलाममा जित निकाल्दै एपिएफ २ पटकको पराजयको हारको पिडा बिर्सन चाहन्छ भने पाहुना टोली दाफिन्सभने आफ्नो एपिएफ विरुद्धको अपराजित यात्रालाई कायम राख्न कसरत गर्नेछ ।
यसै वर्षबाट नेपालको घरेलु फुटबलमा सहभागिता जनाएको दाफिन्स टिमको माईभ्याली गोल्डकप सिजनको आठौँ सहभागीता हो ।दाफिन्सले पोखरा कप, तिलोत्तमा गोल्डकप, बुढासुव्वा गोल्डकपमा उपाधी आफनो पक्षमा पारेको थियो ।
प्रतिक्रिया