देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माको धुर्मुसलाई सहयोग

देशान्तर

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रीमति कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस लाई सहयोग हस्तान्तरण गरेका हुन् ।
विवाह भएको १६ औँ वर्षमा उनले क्रिकेट रंगशाला निर्माण को लागि १६ हजार रुपैँया नै सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्र्तराष्ट्रिय स्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे ।
रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् ।