देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली फुटबललाई चीनले सहयोग गर्ने

देशान्तर

काठमाडौं । नेपाली फुटबल विकासमा चीनले सहयोग गर्ने भएको छ । नेपाली फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र चाईनिज फुटबल संघबीच आज औपचारिक सम्झौता भएको छ ।

नेपाल भ्रमणमा रहेका चाईनिज फुटबलका अध्यक्ष चाई झिन्हुआ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार बर्षे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । फुटबल विकासमा सहकार्य गर्न अध्यक्ष झिन्हुआसहितको टोली आजै नेपाल आईपुगेको हो ।

एन्फा र चीनले मुख्य तीन बुदामा आधारित रहेर सम्झौता गरेका छन् । जसमा राष्ट्रिय टिम, पुर्वाधार र फुटबलको प्राविधिक बिषय रहेको छ । सम्झौतासंगै राष्ट्रिय टिमको आदान प्रदान, पुर्वाधार विकासमा सहकार्य, प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्नेछ । सम्झौतापछि बोल्दै एन्फा अध्यक्ष शेर्पाले यस सहकार्यले नेपाली फुटबल विकासको लागि चीनले प्रर्बधन गर्ने बताउनुभयो । सम्झौतापछि नेपालमा आयोजना हुने प्रतियोगितामा चीनका क्लबहरु सहभागि हुने जनाइएको छ ।

चाईनिज फुटबलका अध्यक्ष झिन्हुआले महिला र युवा टिमबीच सम्बन्ध बनाउने आधार तयार भएको बताउदै नेपालसंग मिलेर फुटबलमा धेरै काम गर्न सकिने बताउनुभयो ।