देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाल्र्स शोभराजको सजाय कम गर्नेबारे सर्वोच्चको यस्तो आदेश

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलरका रुपमा कुख्यात अपराधी चाल्र्स गुरुमुख सोभराजले ज्येष्ठ नागरिकको सुविधाअन्तर्गत कैद मिनाहाको सुविधा पाउन हुने वा नहुनेबारे ३ महिनाभित्र निर्णय लिन सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय ईश्वर खतिवडा र बमकुमार श्रेष्ठको इजलाशले चार्ल्सले ज्येष्ठ नागरिकको सुविधा गर्न पाउने या नपाउने सम्बन्धमा निर्णय लिन परमादेश जारी गरेको हो ।
चार्ल्सकी प्रेमिका निहिता विश्वासकी आमा अधिवक्ता शकुन्तला थापाले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले आइतबार यस्तो आदेश जारी गरेको हो ।
हाल केन्द्रीय कारागार सुन्धारामा आजीवन काराबासको सजाय भोगिरहेका चार्ल्सको उमेर ७५ वर्ष पुगिसकेको भन्दै अधिवक्ता थापाले कैद छुटको मागसहित १९ कात्तिक २०७५ मा रिट निवेदन दायर गरेकी थिइन् ।

थापाद्वारा दायर रिटमा नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी, परिवर्तनसम्बन्धी कार्य्विधि, ज्येष्ठ नागरिक ऐन र सर्वाेच्च अदालतकै विगतका नजिरका आधारमा छुट पाउनुपर्ने माग दावी गरिएको थियो । शोभराजले २०६० असोज २ देखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको निवेदनमा उल्लेख थियो ।
रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले गत कात्तिक २० मा शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
तत्कालीन न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलाशले छुट नहुनुको कारण लिखित रुपमा पेश गर्न सरकारका नाममा कारण आदेश जारी गरेको थियो ।
सरकारले जवाफ पठाएपछि सर्वोच्चले आइतवार रिटमाथि फैसला सुनाउँदै शोभराजलाई ज्येष्ठ नागरिकको सुविधान प्रदान गर्न सकिने वा नसकिनेबारे ३ महिनाभित्र निर्णय लिन सरकारका नाममा परमादेशको आदेश जारी गरेको हो ।