काठमाडौं, । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृंखलाअन्तर्गत् नेपाल र पाकिस्तानबीचको शुक्रबार हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ ।
पकिस्तानको फैसलावादमा शुक्रबार हुने तय भएको तेस्रो टी–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिललाई उद्धृत गर्दै त्यहाँ रहेका सन्चारकर्मी गोविन्दराज नेपालले जानकारी दिए ।
उनकाअनुसार शनिबार इस्लामावादको राहुलपिन्डी मैदानमा खेल हुनेछ ।
यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो ।
दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचौं खेल हुनेछ ।
नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषदको निमन्त्रणामा पाँच खेलको शृंखला खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो ।
भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै, प्रशिक्षकमा रिजन प्रजु छन् ।
शृंखलाका लागि नेपालले करिब तीन साता तयारी गरेको थियो ।
प्रतिक्रिया