काठमाडौँ – मुस्ताङ्गको घरापजोङ्गमा पहिरो खस्दा कालीगण्डकी नदी थुनिएको छ । घरापजोङ्ग गाउँपालिका–१ मा पहिरो खस्दा कालीगण्डकी नदीको केही भाग थुनिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदी पूर्णरुपमा थुनिएको छैन र जोखिम पनि उच्च नरहेको महाशाखाले जनाएको छ । नदी थुनिएको क्षेत्रमा खुलाउने प्रयास भइरहेकाले म्याग्दीको बेनी बजारसम्मका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै मौसम बदली भएको र पानी पनि परेकाले सतर्क हुनु पर्ने उल्लेख छ । बाढी विद विनोद पराजुलीका अनुसार ‘घरापजोङ्गको छोइरोमा डाँडाबाट खसेको पहिरोले कालीगण्डकी नदीको केही भाग थुनिएको हो । त्यति खतराको अवस्था छैन । थुनिएको भन्दा अर्को पट्टिबाट नदी खुल्न थालेको छ । २०० मिटर क्षेत्रमा ताल बनेको छ । तर तल्लो तटीय क्षेत्रमा भने सर्तकर्ता अपनाउनु पर्छ ।
प्रतिक्रिया