सरकारले गाडी खरिदमा गरेको निर्णयप्रति राष्ट्रपति असन्तुष्ट
काठमाडौँ । पछिल्लो समयमा राष्ट्रपतिको कार्यलय र प्रधानमन्त्रीको कार्यलयबीचको सम्बन्धमा चिसोपना सुरु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले गरेका गलत निर्णयका कारण राष्ट्रपति कार्यलयललाई लिएर आफूमाथि दाग लाग्ने खालका टीकाटिप्पणी र आलोचना भइरहेको भन्दै सरकारले गरेको राष्ट्रपति कार्यलयको लागि १८ करोडको गाडी आफुलाई नचाहिएको जवाफ दिएकी छिन ।
राष्ट्रपतिले सामाजिक अभियानमा लागेका विभिन्न व्यक्तिहरुसँगको अनौपचारिक भेटमा सरकारले अनावश्यकरुपमा आफू र राष्ट्रपति संस्थालाई बदनाम गर्न खोजिएको गुनासो व्यक्त गरेकी छन् । उनले सरकारले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुलाई मध्यनजर गर्दै गाडी र कारगेड किन्न गरेको निर्णय आफुलाई जानकारी समेत नभएको र अहिले आफ्ना लागि यस्तो सूविधाको कुनै सवारी साधानको आवस्यकता पनि नभएको भन्दै सरकारले राष्ट्रपति पदको मानहानी गरेको बताएकाी छिन ।
सरकारले निर्णयले गर्दा समाजले पत्याएका र प्रतिष्ठित बुद्धिजीवीहरुले समेत आफु र आफ्नो प्रतिष्ठामा आचपुग्ने गरी गालीगलौजमा उत्रिएको भन्दै राष्ट्रपतिले दुःख व्यक्त गरेको शीतलनिवास पुगेर फर्किएकाहरुले बताएका छन । देशले पहिलो महिला राष्ट्रपति पाएको बेला आफूलाई महिलावादी भन्ने केही अभियन्तासमेत कुरै नबुझी चरित्र हत्यामा उत्रिएको राष्ट्रपतिले गुनासो गरेकी छिन । राष्ट्रपतिले गाडी किन्ने निर्णय अघिल्लै सरकारले गरेको थियो ।
त्यो बेला पनि अहिले राष्ट्रपतिको लागि गाडी आवस्यक छैन भनेकिथिए र अहिले पनि आफुले सरकार संग कुनै सुविधायुक्त गाडी नमागेको बताएकिछिन । भण्डारीले सरकारले राष्ट्रपतिलाई गाडी किनेर दाइजो दिन लागिएजस्तो गरी प्रचार गरेको र औपचारिकरुपमा आफ्ना निर्णयको बचाउ गर्नेबाहेक सत्तारुढ नेकपाका नेता र सांसदहरुबाट राष्ट्रपति कार्यलयको बचाउको प्रयास पनि नभएको बताएकी छिन ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ठ व्यक्तिका लागि सेनाले किन्न लागेको हेलिकोप्टरमा पनि सरकारले राष्ट्रपतिलाई किन्न लागेको जसरी प्रचार गरेको राष्ट्रपति भण्डारीको भनाइछ ।
अहिले राष्ट्रपतिले सुख सुविधा र विलासिता खोजेको जसरी भइरहेका प्रचारबारे राष्ट्रपति कार्यालयले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । राष्ट्रपतिले नेकपाका कतिपय विवादास्पद एवं तल्लो स्तरका कार्यकर्तासँग बाक्लो भेटघाट गरेको समाचार बाहिर आउँछ, तर राष्ट्रपति कार्यालयका सल्लाहकारहरुले मिडियासँगको पहुँचलाई टाढै राखेका छन । पत्रकारहरुलाई सहज प्रवेश नदिइएकाले पनि राष्ट्रपति भण्डारीले आफ्ना विषयहरु वाहिर ल्याउन नपाएको बताइएको छ ।
राष्ट्रपति कार्यलयले पत्रकार संम्मेलन गर्दा सरकार समस्यामा पर्ने भएकाले पनि राष्ट्रपति भण्डारीले आफ्ना आफन्त र नजिककाहरु मार्फ आफुना गुनासाहरु वाहिर ल्याउने गरेकी छिन । पछिल्लो समयमा सहरी विकास मन्त्रालयले महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपतिका लागि हेलिप्याड बनाउने प्रक्रिया सुरु गरेपछि पनि राष्ट्रपति भण्डारी बढी विवादमा आएकी छिन ।
हेलिप्याड बनाउन आवश्यक सहयोग एवं समन्वयको आग्रह गर्दै प्रतिष्ठानलाई मन्त्रालयले पत्र लेखेको छ । पहिलो चरणमा विस्तारित क्षेत्रको टोपोग्राफिक सर्भे गर्ने, त्यहाँ रहेका संरचनाको विवरण तयार तथा हेलिप्याड बनाउने स्थल पहिचान गरी डिजाइन गर्ने काममा सघाउन आग्रह गरिएको छ । राष्ट्रपतिको कार्यालय र गृह मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा परामर्शदाता कम्पनीलाई तोकिएका कार्य गर्न आवश्यक समन्वय एवं सहयोग गरिदिनू भन्दै भदौ २१ को मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई काभ्रेको बनेपामा सारेर राष्ट्रपति निवास र कार्यालय विस्तार गर्ने निर्णय लिएको थियो ।
सरकारले प्रतिष्ठानको जग्गामा नयाँ संरचना नबनाउन निर्देशन दिइसकेको छ । राष्ट्रपति कार्यालय तथा निवास क्षेत्र विस्तार गरी हेलिप्याड, नेपाल भ्रमणमा आउने विदेशी राष्ट्राध्यक्षका लागि राजकीय अतिथि गृह, स्टेट ब्यांकेट, विदेशी राष्ट्राध्यक्षलाई राष्ट्रपतिले स्वागत र बिदाइ गर्ने भवन, गारथ ग्रहणस्थल र राष्ट्रपतिको सुरक्षार्थ खटिने सेनाको ब्यारेकलगायत संरचना निर्माण गर्न सरकारले तयारी थालेको हो ।
मन्त्रालयले नयाँ बानेश्वरको कम्पास इन्जिनियरिङ कन्सल्टलाई निर्माण कार्यको परामर्शदाता तोकिसकेको छ । जेठ ९ गते सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेर राष्ट्रपति कार्यालय सार्ने वा विस्तार गर्ने विषयमा अध्ययन गराएको थियो ।
सोही समितिको सिफारिसका आधारमा प्रहरी एकेडेमी सारेर राष्ट्रपति कार्यालय विस्तार गर्ने काम सुरु गरिएको हो । काभ्रेको पनौतीमा भारतले बनाइदिने भनिएको प्रतिष्ठान निर्माण तीन वर्षदेखि सुरु गर्ने भनिएपनि अझै सुरु भएको छैन ।
प्रतिक्रिया