काठमाडौं । रुप बहादुर लामाको उत्कृष्ट दुुई गोलसँगै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लिगमा तेस्रो जित निकाल्न सफल भएको छ । अखिल नेपाल फुुटबल संघ (एन्फा) मैदानमा भएको खेलको ८८ औं मिनेटमा रुप बहादुर लामाले गरेको गोल एपीएफको जितका लागि निर्णायक बन्यो ।
खेलको १८ औं मिनेटमा रुप बहादुर लामाको गोलमा सरस्वतीविरुद्ध अग्रता बनाएको एपीएफका लागि ४१ औं मिनेटमा युवराज खड्काले गथोल गरेपछि पहिलो हाफमा २—० गोल अन्तरको अग्रता बनाएको थियो ।
त्यस्तै, दोस्रो हाफमा पनि आफ्नो लय कायम गर्न सफल एपीएफका लागि रुपबहादुर लामाले खेलको निर्णायक गोल बन्यो । अंक तालिकाको नवौं स्थानमा रहेको एपीएफ जितसँगै दुुई स्थान माथि उक्लिदै १० अंक सहित ७ औं स्थानमा पुुगेको छ भने पराजित सरस्वती क्लब ६ अंकसहित नवौं स्थानमा रहेको छ ।
प्रतिक्रिया