सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो प्रदेश पूर्ण औपचारिक बैठक कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरु भएको छ । पार्टी केन्द्रीय सचिवालयले प्रदेश कमिटीको टुंगो लगाएलगत्तै कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बसेको हो ।
बैठकमा प्रदेशअन्तर्गत दश वटै जिल्लाबाट प्रदेश कमिटीका सदस्यहरु उपस्थित छन् । १ सय ७५ सदस्य रहेको कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र पूर्वएमालेबाट ८७ प्रदेश सदस्य रहेका छन् ।
प्रतिक्रिया