काठमाडौं । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भक्तपुरमाकविता वाचन तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा ११ वटा लैङ्गिक हिंसा विरुद्धका कबिताहरु वाचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरस्तरिय बाल संरक्षण समितिका संयोजक दिपक बिसुन्केले सबै खाले लैङ्गिक हिंसा अन्त्यका लागि आफैबाट सुरु गर्नुपर्ने बताउँदै नगरपालिकाहरुबाट समेत विभिन्न अभियानहरु सञ्चालन गरिने बताए ।
कार्यक्रममा गैसस भक्तपुरका अध्यक्ष शोम शर्माले अधिकारकर्मिहरु लैङ्गिक हिंसा गर्दैनन् र गर्न दिन नहुने बताए । जिल्ला समन्वय समितिका उप्रमुख सरिता कुवरले लैङ्गिक हिंसा गर्ने जोकोहीलाई बहिष्कार गर्नुपर्न र कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।
आवाज नेपालका सचिव श्रीकृष्ण थापाले सहजिकरण गरेको कार्यक्रममा कुवरले १६ दिनमा मात्र यो अभियानलाइ सिमित नराखी अन्य सबै सरोकारवालाहरुको समन्वयमा तीन सय ६५ दिननै सन्चालन गरि समाजलाइ लैङ्गिक हिंसा र दुर्व्यवहार मुक्त बनाउन आग्रह गरे ।
कार्यक्रममा उपस्थित सबैले दिप प्रज्वलन गर्दै सबै खाले हिंसा बिरुद्ध एक्येबद्दता जनाएका थिए । कार्यक्रममा अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, स्थानीय सहित गरि करिब ३०० जनाको सहभागिता जनाएका थिए ।
प्रतिक्रिया