काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघीय समाजवादी फोरम नेपालका लागि ‘हर्ष न विस्मात्’ भएको छ। आफैँ सहभागी भएको सरकारको समीक्षा गर्दै फोरम नेपालले हर्ष न विस्मात् भएको जनाएको छ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता इस्तेयाक राई ओली नेतृत्वको सरकारमा सहभागी भएका छन्। यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र राई सहरी विकास मन्त्री छन्।
संविधान संशोधनको सर्त एवं सहमतिसहित सरकारमा सहभागी फोरम नेपालले सरकारबाट नबाहिरिने र सहमति कार्यान्वयनका लागि दबाब दिइराख्ने जनाएको छ । शनिबारदेखि काठमाडौंमा सुरु हुने फोरम नेपालको केन्द्रीय कमिटी बैठकमा यस विषयमा छलफल हुने एजेन्डा छ।
फोरम नेपालका उपमहासचिव एवं प्रचार विभागका प्रमुख प्रकाश अधिकारीले सरकारको कामबाट फोरम नेपाल पूर्ण रूपमा सन्तुष्ट नभएको बताए । केही उपलब्धि भएको र थप उपलब्धिका लागि फोरमले संघर्ष जारी नै राख्ने उनले बताए ।
प्रतिक्रिया