काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । आजदेखि काठमाडौँमा सुरु हुने बैठकमा २०७६ बैशाखमा हुने पहिलो महाधिवेशनको तयारी, सरकारलाई दिएको समर्थन, पार्टी संरचना, पार्टी संगठनल गायत देशको समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका महासचिव रामसहाय यादवले जानकारी दिनुभयो ।
समसामयिक राजनीतिक विषयमा पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाको चौथो ठूलो दल फोरम नेपाल संविधान संशोधन गराउने सर्तमा सरकारमा सहभागी भएको छ ।
सरकारमा सहभागी भएपछि संविधान संशोधनको विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने महासचिव यादवले जानकारी दिनुभयो । सातवटा प्रदेशसहित देश सङ्घीय संरचनामा गइसकेको बताउँदै सोही अनुसारको पार्टी संरचना बनाउने बिषयमा पनि आजको बैठकमा छलफल हुने महासचिव यादवले जानकारी बताउनुभयो ।
प्रतिक्रिया