देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतकार भट्टराईको एकैसाथ दुई वटा भजन संग्रह सार्वजनिक

देशान्तर

काठमाडौं । पेशाले इन्जिनियर भएपनि गीतकारको समेत परिचय बनाएका कुमार भट्टराईको दुई वटा भजनसंग्रह बजारमा आएको छ । भट्टराईको भजन संग्रह नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलबाट कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले शुक्रबार बिमोचन गरे । कार्यक्रममा कोइरालाले ‘धर्मिक स्वतन्त्रता’ वा धर्म निरपेक्षता बारे जनमत संग्रह हुनुपर्ने बताए । उनले गीतकार भट्टराईको लेखनीको प्रशंसा पनि गरे । कार्यक्रममा विश्व हिन्दु माहासंघका दामोदर प्रसाद गौतम, पुर्वमन्त्री एसवी कोइराला, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायतको उपस्थित थियो ।

बीमोचित एल्वममा मर्मस्पशी भजनहरु संग्रह गरिएका छन् । नयाँ बिमोचित यी दुई एल्वम ‘शिव लिला’ र ‘अग्रता काली’ एल्वम हिन्दु धर्मसँग सम्बन्धित नेपाली भजनहरु हुन् । भट्टराईको ‘शिव लिला’ एल्वममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्मा ग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्वममा मनोजराज शिवाकोटी, इश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ । दुवै एल्वममा ६/६ वटा गीत समावेश छन् । सबै गीतमा बिजु बज्रको संगीत रहेको छ ।

बिमोचित दुई कृति पछि गीतकार भट्टराईका एल्वमहरु ३ वटा पुगेका छन् । यसअघि उनले २०७१ मा अग्रता नामक एल्वम बजारमा ल्याएका थिए ।

वाल्यकालदेखिनै लेखन कार्यमा सक्रिय भट्टराईले रेडियो नेपालबाट वाल कविता प्रतियोगीतामा विभिन्न पुरस्कार समेत प्राप्त गरेका छन् । २०५१ सालमा पहिलो गीती कविता संग्रह ‘मेरो जीवन’ प्रकाशन गरेका उनको २०६० सालमा ‘स्वमुत्र चिकित्सा पद्धति’ नामक अर्को पुस्तक प्रकाशित छ । धार्मिक क्षेत्रका अध्ययेताका रुपमा समेत परिचित उनले धर्मशास्त्रलाई विज्ञान शास्त्र भन्दा बलियो शास्त्रका रुपमा लिन्छन् ।