काठमाडौं । नेपाली कांग्रेस दोलखाका जिल्ला कार्यसमिति सदस्य एंव सेलो गायक अमृत लामाको दुर्घटनामा परि आज ज्यान गएको छ । विगु गाउँपालिका वडा नम्बर–३, बुलुङ भिरमुनी घर भएका ४४ वर्षीय लामाको लु ३ त ९७२३ नम्बरको आफ्नै ट्रयाक्टरमा ढुंगा लोड गरी बुलुङबाट भिरमुनी तर्फ फर्कदै गर्दा दुर्घट्नामा परि उनको मृत्यु भएको हो ।
ट्रयाक्टर सडकबाट करिब ३२ मिटर तल खसेको छ । सडकबाट खसेको ट्रयाक्टरले च्याप्दा लामाको घटनास्थलमै ज्यान गएको हो । उनको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याईएको छ ।
ट्रयाक्टर चालकको नाम थर नखुलेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । उनले गाएको पुरानो माया, दौंतरी जस्ता सेलो गीत चर्चित छन् । उनको दुई छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया