देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जाडोमा किन खाने दैनिक एक मुठी बदाम ?

देशान्तर

काठमाडौं । धेरै जसो रोगका लागि खानमा ध्यान दिन सके फाइदाजनक हुने एक अध्ययनले जनाएको छ । बदाम गम्भीर प्रकृतिका विभिन्न रोगहरुको जोखिम कम गर्न निकै फाइदाजनक हुन्छ । हरेक दिन एक मुठी बदाम खाएमा मुटु रोगदेखि क्यान्सरसम्मका रोगहरूको जोखिम कम गर्ने एक अध्ययनमा पाइएको छ ।

बिएमसी मेडिकल जर्नलमा प्रकाशित अध्ययनलेयस्तो जनाएको हो । लन्डनस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ता तथा नर्वे्जियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले संयुक्त रुपमा गरेको उक्त अध्ययनमा अनुसन्धानकर्ताहरुले पहिले प्रकाशित भएका विभिन्न २९ वटा अध्ययनको विश्लेषण गरेका थिए । सो अध्ययनबाट अनुसन्धानकर्ताहरुले जो मानिस हरेक दिन एक मुठी बदाम खान्छ, उनीहरुमा मुटु रोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या, मधुमेह लगायत संक्रमणको जोखिम कम हुने पत्ता लगाए ।

यसको लागि उनीहरुले आठ लाख मानिसबाट तथ्यांक संकलन गरेका थिए, जो पिनट बदाम, ओखर, कटुस लगायत विभिन्न प्रकारका बदाम खान्थे । उक्त तथ्यांकले उनीहरुमा मुटु रोगका कारण हुने मृत्युको जोखिमलाई ३० प्रतिशतसम्म तथा क्यान्सर रोग १५ प्रतिशतले कम गरेको पाइयो । यस्तै, बदाम खाने मानिसमा अकाल मृत्युको जोखिम २२ प्रतिशतले कम गरेको पाइएको थियो ।

बदाममा उच्च मात्रामा चिल्लो पदार्थ हुने भए पनि यो प्रोटिन तथा फाइबरको लागि राम्रो स्रोत हो, जसमा शरीरका लागि आवश्यक पर्ने खनिज तत्व भरिपूर्ण हुन्छ । त्यसैगरी, ओखर, पिकान लगायतका अन्य बदामले क्यान्सर रोग विरुद्ध एन्टी अक्सिडेन्टको काम गर्छ ।