देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसियन छनोट : नेपालले आज भारतको सामना गर्दै

देशान्तर

काठमाडौं । जापानमा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलका लागि म्यानमारमा हुने एसियन छनोटको पहिलो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । म्यानमारको याङगोनस्थित थुवुन्ना स्टेडियममा चीनमा अभ्यास र मैत्रीपूर्ण खेलपछि म्यानमार पुगेको नेपाल दोस्रो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउसो २:१५ मा सुरु हुनेछ ।

नेपाली महिला फुटबलमा सधै भारत तगारो बन्दै आइरहेको छ । साफ र साग गेम्समा नेपाल भारतसंगै पराजित भएको इतिहास छ । तर, भारतविरुद्ध मैदान उत्रदा नेपाली टोली महत्वपूर्ण ३ अंकको खोजीमा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले टोलीको लक्ष्य भारतविरुद्ध ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रने बाताईसकेका छन् ।

छनोटको समूह ‘सी’ मा रहेको नेपालले भारतपछि कार्तिक २५ गते घरेलु टोली म्यानमारसँग खेल्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ । ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह ‘सी’ र ‘डी’ मा चार चार टोली रहेका छन् । प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।

म्यानमारमा रहेको नेपाली टिम :

गोलकिपर : एन्जिला तुम्बोप्पो सुब्बा, अन्जना राना मगर , रुपा राना मगर,

डिफेन्डर : गिता राना, रञ्जना दर्जी, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, कबिता धिमाल, पुनम मगर

मिडफिल्डर : रेनुका नगरकोटी, दिपा राई, मन्जली येञ्जन, सरु लिम्बु , विमला चौधरी, अनिता वस्नेत, दिपा न्यौपाने

स्ट्राइकर : अनिता केसी, सावित्रा भण्डारी, निरु थापा,

मुख्य प्रशिक्षक : हरि खड्का
प्रशिक्षक : मृगेन्द्र मिश्र
टिम म्यानेजर : कमला हरिचन थकाली