देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ जहाजको ‘ब्रेक फेल’ भएपछि यात्रु अलपत्र

देशान्तर

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३०–२०० विमान ‘अन्नपूर्ण’ को ब्रेक फेल भएको जानकारीमा आएको छ । कतारबाट नेपाल उड्न लागेको विमान ‘चेकअप’ गर्ने बेला ब्रेक फेल भएको पत्ता लागेको थियो । ब्रेक फेल भएको पाइएपछि अहिले मर्मत सम्भार भइरहेको निगमका सहप्रवक्ता शैलेश कंसाकारले जानकारी दिए ।

२४७ जना यात्रुसहित नेपाल उड्न लागेको सो जहाजमा समस्या आएपछि यात्रुहरु अलपत्र परेका छन् । ‘अहिले प्राविधिकहरुले मर्मतको काम सुरु गरिसकेका छन्,’ सहप्रवक्ता कंसाकारले भने, ‘मर्मतका लागि कति समय लाग्छ भन्ने यकिन भएको छैन ।’

प्राविधिकहरुले तत्कालै मर्मत गर्न नसकेमा अर्को जहाजबाट भए पनि यात्रुहरुलाई नेपाल ल्याउनका लागि समन्वय सुरु भएको उनको भनाइ छ ।

निगमले गत असार १४ गते सो विमान काठमाडौंमा ल्याएको थियो । काठमाडौं ल्याइएको ४ महिना पनि नहुँदै जहाजमा समस्या देखिएको हो ।