काठमाडौं ।
शर्मिला श्रेष्ठ नेपाली लोकगीत संगितमा स्थापित नाम हो । काभ्रे घर भएकी उनको जन्म रामेछापको भीरपानी मामा घरमा भएकी हुन् । रामेछापमा जन्म भएपनि लालनपालन भने आफ्नै घर काभ्रेको संखुमाभयो । उनले त्यहीको संखु माविबाट एसएलसीको अध्ययन पुरा गरिन् ।
सानैदेखि संघर्षशील जीवन गुजारा गर्दै आएकी शर्मिलाले उच्च शिक्षासम्मको अध्ययन इन्द्रेश्वर क्याम्पस पनौतीबाट पुरा गरिन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट शिक्षा संकायमा मास्टर डिग्री पुरा गरेकी शर्मिला कीर्तिपुर पढ्न काभ्रेको संखुस्थित आफ्नै घरबाट धाउने गर्थिन् ।
शर्मिलाले घरको आर्थिक अवस्था कमजोर भएकाले एसएलसी पास गर्ने बित्तिकै संखेश्वरी प्रा.वि.काभ्रेमा शिक्षिकाको काम गर्न थालिन् । उक्त विद्यालयमा उनले पाँच बर्ष शिक्षण पेशा गरिन् ।
घरबाट जागिर खानुपर्छ भन्ने पारिवारिक दवावका कारण नै यो पेशामा आफु बाध्य भएर आवद्ध भएको उनले सुनाईन् । शिक्षिका भएर पाँच वर्ष पढाइसकेकी उनको सानैदेखिको सपना थियो, एउटा असल कलाकार बनेर देशको सेवा गर्ने ।
उनले मास्टरी पेसा संगसंगै चेलीबेटी बेचबिखन विरुद्ध विभिन्न सडक नाटकहरुका भाग लिने गर्थिन् । त्यो कामबाट उनलाई सानैदेखि मानिसले सामाजिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने इच्छा जागृत गरायो ।
त्यसपछि उनले शिक्षिकाको जागिर बीचैमा छाडेर सडक नाटकबाट कलाकारिता क्षेत्रतिर बाटो मोडिन् । कला र गला दुवै भरेकी उनी सडक नाटक खेल्न थालेसंगै गायन क्षेत्रमा पनि हात हालिन् । त्यसैसिलसिलामा उनको काभ्रेका चर्चित लोकदोहोरी गायक राजु तामाङसँग भेटभयो । राजुको साथ र सहयोगमा लोकदोहोरी गायिकाको रुपमा चर्चाको शिखर चुम्न पुगिन् ।
उनले अहिलेसम्म तीन दर्जनभन्दा बढी लोकदोहोरी गीतमा स्वर भरिसकेकी छन् । उनले भने, ‘मेरो बुबा पनि राम्रो मादल बजाउने र कलाक्षेत्र बुझ्ने भएकाले मलाई सजिलै पारिवारिक सहयोग मिल्यो । तर, मामाहरुले भने अलि मन पराएका थिएनन् रे ? यो क्षेत्रमा लागेपछि उनको यसैमा प्रगति देखेपछि उनीहरुको पनि समर्थन भयो’।
आफ्नै आँट र मेहनतमा सबैलाई आकर्षिशत गर्न सफल भइन् उनी । उनी भन्छिन, ‘म सानैदेखि कुनै नयाँ गीत सुनेपछि एक्लै गुनगुनाउँथे मनमा लाग्थ्यो, म पनि एकदिन चर्चित गायिका र सफल कलाकार बन्छु ।’ शर्मिला लोकदोहोरी गायिका मात्र होइनन् उनले कलाक्षेत्रमा हातहालेको त अझ सडकनाटकबाट हो ।
सडक नाटकबाट सुरु गरेको कलाकारिता क्षेत्र अहिले एउटा स्थापित लोकदोहोरी गायिकामा आइपुगेको छ । त्यतिमात्र होइन उनी राम्रो कार्यक्रम प्रस्तोता पनि हुन् । दर्शकहरुलाई तताउने भरपुर क्षमता भएकै कारण शर्मिलालाई धेरै स्टेजकार्यक्रमहरुमा बोलाउछन् ।
देशभर हुने महोत्सव अथवा स्टेजप्रोग्राममा आफ्नो प्रस्तुतिले दर्शक, स्रोतोका मन राम्रैसँग जितेकी फरक क्षमताकी धनी उनी नाटक, हास्यव्यंग्य टेलिशृंखला अनि कार्यक्रम प्रस्तोतामा सफलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेकी छन् ।
उनी आफुलाई गायिका मात्रै भन्दा पनि एउटा स्थापित र असल कलाकार भनेर चिनाउन चाहन्छिन् । उनी कार्यक्रम स्थल र परिस्थिति हेरी दर्शकको मनोविज्ञान बुझेर स्टेज तताउन माहिर छन् ।
कलाक्षेत्रमा अर्धनग्नता किन जोडिन्छ ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘पुस्तान्तरणलाई जोड्नका लागि अलिकति आधुनिकता चाहिँ चाहिन्छ तर नांगिनैपर्छ भन्ने होइन’।
दमदार कलाकार सरल र मिजासिलो स्वभावकी धनी शर्मिला राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय सचिव पनि हुन् । कलाक्षेत्रमा लागेका केटीहरुलाई त सेक्सुअल ह्यारेस्मेन्ट हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन् ‘त्यस्तो हुन्छ तर सबैमा लागु हुँदैन, त्यो गराउनमा केटीमान्छेकै बढी दोष देख्छु ।” किन भने केटी मान्छेले मन नदिए कसैले केही गर्न सक्दैन ।
श्रेष्ठ लोकदोहारी गायिका भएपनि रोधीघरमा भने अतिथिको रुपमा उपस्थित हुन्छ्न् ि। उनले अहिलेसम्म आफुले दोहोरी साँझमा कुनैपनि गीतहरु गाउँनका लागि जाने नगरेको बताउँछिन् । डान्सवारमा त केटीहरुलाई यौन शोषण हुन्छ रे नि त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘हो, डान्सवारमा केटीकलाकाारमा यौन शोषण हुन्छ, त्यो गलत कुरा हो ।
तर, त्यो व्यक्तिमा भरपर्दछ, सबैमा त्यस्तो हुन्छ भन्ने छैन त्यहाँ पनि कलाको सम्मान हुन्छ । कलाकारितामा पनि विभिन्न विधा हुन्छन् । ती विधा अनुसार सबै क्षेत्रको आ–आफ्नै विशेषता र महत्व हुन्छ । मानिसले गर्ने जुनसुकै पेशामा पनि आफु कमजोर भयो भने गलत काम हुन सक्छ ।
केटीमान्छे माथि हुने यौन शोषणका कुराहरु छन् ती कलाकारिता क्षेत्रमा मात्र होइन सबै पेशा व्यवसायमा हुन सक्छ । त्यो त्यहाँको वातावरण अनि आपूmमा भरपर्ने कुरा हो । पैशा र नाम कमाउन लगत काम गर्नुपर्छ भन्ने छैन । सही र राम्रो काम गरेर पनि पैशा र नाम दुवै कमाउन सकिन्छ ।
सबै पेशामा विकाससँगै विकृति पनि आएका छन् । उनले सेलो, काँठे, भूकम्प, वनपैदावर, सहकारी, एकल महिला र मायाँपिरतीका गीतमा “मुटु खाइरहने’ भूकम्पकोमा ‘रोयो मेरो देश’ काँठे भाकामा ‘डाँडै लाकुरी’ लगायत उनका बिर्सनै नसकिने गीतहरुमा स्वर दिईसकेकी छन् ।
गायिका कि कलाकार भन्ने प्रश्नमा उनी भन्छिन् । ‘म गायिकाभन्दा पनि सफल कलाकार बन्न चाहन्छु ।’ त्यसमा पनि नेपाल र नेपालीको माया गर्ने भावको भूमिकामा ।
विदाको समयमा कुन ठा्रउँ घुम्न रुचाउँछौं ? भन्ने प्रश्नमा उनले भनिन्, ‘म विदाको समयमा घरकै काममा व्यस्त हुने भएकाले खासै घुम्न जाने गर्दिँन ।’
चर्चित कलाकार त्यसमा पनि पढेलेखेको कसैले प्रस्ताव गरेनन् ? भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई आइलयु भन्ने र पट्याउने आँट धेरै गरे तर सफल हुन सकेनन् ।’ मन परेको केटाले कला क्षेत्र छोड अनि मात्र विवाह गर्छु भन्यो भने के गर्ने ? भन्ने प्रश्नमा उनले भनिन, ‘म त स्टेजमा गएर गाउँन पाइँन भने विरामी हुन्छ ।
त्यसैले यो मेरो सबैभन्दा मन पर्ने पेशा हो । आफ्नो बुताले भ्याएसम्म यही क्षेत्रमा लागिरहने छु ।’ शर्मिलालाई सुटिङ वा स्टेजकार्यक्रमहरुमा जाँदा कस्तो ड्रेस लगाउन रुचाउँछौं भन्ने प्रश्मा उनले भनिन् ‘मेरो बहिनीको फेसन डिजाइनको पसल छ, त्यसैले कार्यक्रमको प्रकृति हेरेर बहिनीले नै पहिरनको व्यवस्था मिलाइदिन्छिन् ।’
अहिलेसम्म विवाहको बारेमा सोचेकी छैन् । कलाकारहरुले त आफै रोज्नछन् रे नि ? भन्ने प्रश्नमा उनले ‘मेरो विवा गर्ने इच्छा त छ, तर पारिवारिक जिम्मेवारी, पढाइ अनि जागिरको व्यस्तताले गर्दा ऐना हेरेर मस्किने र लभ गर्ने कुरै भएन, त्यसैले घरपरिवारले खोजिदिएको सँगै विवाह हुन्छ, –उनले मुखखोलिन् ।
मेरो सपनाको राजकुमार यही भए हुन्थ्यो भनेर रोज्ने फुर्सदै पाएको छैन ।’ उनलाई घरायसी समस्या र कामको बोझले विवाहको बारेमा सोच्ने र रोज्ने फुर्सदै नभएको बताउँछिन् । उनलाई अहिलेसम्म यही नै केटा भइदिए हुन्थ्यो भन्ने मनमा नरहेको सुनाईन् ।
कलाकार भएपनि अत्यन्तै व्यवहारिक र सालिन स्वभावका कारण उनलाई कसैले चाहेर पनि प्रेम जालमा फसाउन नसकेको बताउँछिन् । कालिका महतसँग गरेको कुराकानीमा आधारित ।
प्रतिक्रिया