देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वडादशैँ र विजयादशमीको महत्व

देशान्तर

काठमाडौँ । नेपालमा समस्त नेपालीहरुको मन मस्तिष्कमा रहेको वडादशैँको आफ्नै महत्व छ । नेपालमा मात्र हैन हिन्दु धर्म प्रति आस्था राख्ने समुदायले बिश्वभरीनै विजया दशमी मनाउने गर्दछन । भारतमा पनि काली पुजा (नवरात्री) र बिजय दशमीको ठूलो महत्व छ ।

हिन्दुशास्त्र अनुसार महर्षी बाल्मिकी द्धारा लिखित रामायण र पछिल्लो समयमा तत्कालिन समयमा भएको राम र रावणबीचको युद्धलाई बिभिन्न स्वरुपमा टेलिभिजनका पर्दा सम्मै पुर्याएपछि यसको महत्व झन बढेर गएको छ ।

रामले रावणमाथि विजय हाँसिल गरेको तथा नव दुर्गाद्वारा राक्षसहरुमाथि विजय हाँसिल गरेको दिनको रुपमा मनाईँदै आएको सो पर्व आश्विन शुक्ल पक्षको दशमीको दिन मनाउने गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार सबैभन्दा शुभ मानिने शुक्ल पक्ष र त्यसमा पनि शारदीय मासमा पर्ने आश्विनको दशमीको दिन जस्ता सुकै मंगलकार्यको लागि पनि शुभ हुने भएकोले जस्तो सुकै काम पनि यो दिनदेखि सुरुवात गर्नको लागि कुनै समय जुराईरहनु पर्दैन भन्ने विश्वास छ ।

यसदिन नै व्यापार तथा व्यवसाय गर्नेहरुले सामान खरीद गर्ने, नयाँ पेशाको सुरुवात गर्ने नयाँ बाहनहरुको खरीद जस्ता कामहरु धेरै गर्नु उपयुक्त मानिन्छ । यो दिन दिनभरी नै शुभ मुहुर्त हुने भएकोले पनि यस दिनभरी नै मंगलकार्यहरु शुभारम्भ गर्न सकिन्छ ।

वर्षा ऋतुको समाप्तिको सूचक पर्वको रुपमा मानिने दशैंकै दिन नै नवरात्र देवी दूर्गाले जमानसको रक्षाको लागि नौ दिनसम्म युद्ध गरेर आसुरी शक्तिलाई परास्त गरी दैवी शक्तिको रक्षा गरेको स्मरणमा पनि विजया दशमी मनाईन्छ ।

देवी दूर्गाले महिषासुर नामक राक्षसको युद्धको नवौं दिन अर्थात् विजया दशमीको दिन नै विजय हाँसिल गरेकी थिईन् । त्यसैले दूर्गा पूजाको समाप्तिको प्रतीकको रुपमा विजयको प्रसादको रुपमा रातो टीका र जमरा लगाउने चलन रहेको छ । आम धर्तीवासीको रक्षाको लागि देवी दूर्गाले महिषासुर तथा असुरहरुको सेनासँग चामुण्डाको पहाडमा युद्ध गरेर पराजीत गराएकी थिईन् ।

त्यस्तै, भगवान श्रीरामले रावणमाथि विजय हाँसिल पनि दशमीकै दिन परेको बताईन्छ । यस दिन घरको ढोकामा फूल मालाद्वारा सजिसजाउ गर्ने गरिएको छ । घरमा राखिएका शस्त्रहरु वाहनहरु आदिको पूजा आजा गर्ने काम पनि यसै दिन पनि गरिन्छ ।

कतै कतै यो सप्तमी र नवमीको दिन पनि गर्ने गरिएको छ। यसरी सबै साधन र शस्त्रहरुको पूजनपछि कतै कतै रावण दहन गरी विजय स्वरुप निधार भरी रातो टीका र जमरा लगाउने गरिएको छ ।

विजया दशमीको महत्व तथा परम्परा दुई वटा रहेकोले हिन्दूहरुले पनि भौगोलिक क्षेत्र अनुसार फरक फरक ढंगले दशैं मनाउने गर्दछन् । विशेषगरी नेपालमा धेरै मानिसहरुले दूर्गा पूजा गरेर दुर्गाको प्रसादको रुपमा टीका लगाउने गर्दछन् । तर, भारतका अधिकांश स्थानहरुमा भने त्यति धुमधामका साथ नमनाईने सो पर्व केवल राम पूजा र राम लीला देखाउनमा मात्रै सीमित हुने गर्दछ ।

दशमीको दिन रावण दहन गरेपछि विधिवत रुपमा भारतीयहरुले दशहरा मनाउँछन्। तर, नेपालीहरुले ५ दिनसम्म विजयको प्रतीक रातो टीका र जमरा लगाउँदै ठूलावडाको हातबाट टीका र जमरा लगाउने प्रचलन छ ।

तर,दशैं आम रुपमा प्रचलनमा रहे पनि यसलाई ठीक ढंगले प्रयोग गरिएको छैन । हामीले शरद याममा मनाउँदै आएको चाडलाई भन्ने गरेको विजया दशमी शब्द नै गलत छ ।

दशैं शरद ऋतुमा शरद महोत्सव अन्तर्गत राखेर मनाइँदै आइएको छ । तर,यो खासमा वसन्त महोत्सवको चाड हो । रामले रावणमाथि गरेको विजयको रुपमा दशैं मनाइएको हिन्दु मिथक चैत्र महिना अर्थात् वसन्त ऋतुको मिथक हो ।

संसारभरि नै मानव संस्कृतिमा रहेका दुई मुख्य पर्व शरद र वसन्त महोत्सवका पर्वहरु हुन् । अहिले हामीले दशैं भनेर शरद महोत्सवमा ल्याएर मनाउँदै आएका छौं, यो पहिले वसन्त महोत्सवमा मनाइन्थ्यो । चैत्र महिनामा धूलो, अन्नको अभाव, खडेरी, प्रतिकूल मौसम सबै कारणले गर्दात्यो ऋतु नरुचाएर दशैंलाई शरद ऋतुमा ल्याइएको हो भन्ने कथन छ ।

मानव जातिको बीचमा पहिले शरद ऋतु सबभन्दा राम्रो समय भन्ने रह्यो । स्वच्छ मौसम, वर्षा नभएको, हिलो–धूलो नभएको, नदीनालाहरु विस्तारै तर्नसकिने, डुंगाहरु खियाउन सकिने, बाढी–पहिरोको न्यूनता जस्ता कारणले प्रियऋतु बन्यो । यो समयमा मान्छेको बगाल, गोत्रहरुको बीचमा भेटघाट रपुनर्मिलन गर्न उपयुक्त देखियो ।

त्यसैले वसन्त यामबाट दशैंलाई शरद याममा ल्याएर मनाउन थालिएको देखिन्छ । गोत्रहरुबीचको पुनर्मिलनको रुपमा दशैंलाई लिइएको थियो रत्यसको अवशेष आज पनि छँदै छ । दशैंको टीका थाप्न भए पनि हामीबुवा–आमा, घरपरिवार र इष्टमित्रसम्म पुग्छौं, भेटघाट गर्छौं ।

सामान्यतया घटनास्थापनादेखि दशैं गणना गरिन्छ । कसैले फूलपातीदेखि दशमीसम्म मात्र गणना गर्छन्, कसैले फूलपातीदेखि पूर्णिमासम्म गर्छन् । पूर्णिमासम्म गणना गर्नेहरुले दशमीका दिन मात्र टीका नलगाएर पूर्णिमासम्मै लगाउँछन् । यसमा पनि फरक मान्यताहरु छन् ।

एकै दिन एकै चोटि सबै इष्टमित्रलाई भेट्न सकिँदैन भनेर सोच्नेहरुले पूर्णिमा सम्मटीका लगाए । होइन, यो एउटा आस्थाको कुरा हो, आजको दशमीको दिनमात्र हो दशैं भन्नेहरुले एक दिन मात्र टीका लगाउने गर्न थाले । दशैंमाखासमा देवी अर्थात् मातृशक्तिको पूजा गर्ने चलन छ ।

नेपालमै रहेका किमवदन्ती आनुसार दशैंमा कुनै पुरुष देवताको पूजा नगरेर मातृशक्तिको पूजा गरिन्छ । कालीमाता, नवदुर्गा र सप्तदुर्गाको गरिन्छ । यो पूजा मातृप्रधान समाजको बेलामामातृत्व भावलाई सम्मान गरेर गरिएको पूजा थियो ।

यो पूजा हिन्दुहरुबाट नभई किराँतहरुबाट सुरु भएको हो । किराँतहरुमातृत्वपूजक र देवीपूजक थिए । तागेरा निङमाङ फुमाङ उनीहरुको सर्वोच्चदेवी थिइन, तिनको सम्झनामा अहिले पनि पूजा हुन्छ । प्राचीनसंस्कृतिभित्र रहेका यस्ता कुराले दशैंमा मूलतस् देवी पूजा गरिन्छ भन्नेदेखाउँछ ।

दुर्गा पूजामा टीका तथा अक्षताको कुरा आउँछ । पहिले टीकाको रुपमा अक्षताभन्दा पनि उवा र जौं जस्ता अनाजको पिठो प्रयोग हुन्थ्यो । पछि नेवारा भन्ने एक प्रकारको घैया धानजस्तो प्राकृतिक रुपमा उभिएको धानलाई मानिसले प्रयोग गर्न सिक्यो । त्यसबाट अक्षता बनाउन थाल्यो ।
खासमा पहिला क्षत नभएको अन्न वा चामललाई अक्षता भनिएको थियो । त्यसैले अक्षता बनाउँदा चन्दन घोट्ने काठले घोटेर सग्लो चामल चोखो रुपमा निकालिन्थ्यो । पछिसिलौटाको ढुंगाले घोटेर बनाउने चलन पनि आयो । अहिले धेरैजसोले मिलमा कुटेको चामलबाटै अक्षता बनाउँछन् । जुन क्षत नभएको वा नटुक्रिएको भनेर ख्याल गरेको पाइन्न ।

पहिले–पहिले टीकाको रुपमा सेतो अक्षता प्रयोग गरिएको पाइन्छ । प्रकृतिमा सेतो, रातो, हरियो, नीलो रङको यथार्थ रहे पनि दशैंमा सेतो र रातो रङ्ग्याइएको अक्षता बढी प्रयोग गरिन्छ । स्वच्छताको प्रतीकको रुपमा सेतो रङ प्राचीन प्रयोग हो ।

अझै पनि थारुहरुले, मगरहरुले, राई र लिम्बूहरुले सेतो अक्षता लाउँछन् । तर, पछि उनीहरुले मातृत्वपूजक संस्कृतिसँग बलिप्रथालाई शक्ति पूजाका रुपमा जोड्दै जाँदा बलि दिइएको जनावरको रगतबाट टीका मुछ्नेहरु एकथरी पाइए । पशु बलि नचढाउनेहरुले अबीर र दही प्रयोग गरेर अक्षता मुछ्ने गरेकोपाइयो ।

अक्षताको प्रयोग प्रसादको रुपमा गरिन्छ । तर, यस्ता पूजा, पर्व, अनुष्ठानहरुमा सबैले अक्षता मात्र प्रयोग गर्दैनन् । कसैकसैले विभूति त कसैले तरेखु प्रयोग गर्छन् । शैवमार्गीहरुलेविभूति र तरेखु लगाउँछन् भने अन्य कतिपयले सिन्दूर, सीम्रिक पनि प्रयोग गरेको पाइन्छ ।

टीकाको सन्दर्भ हेर्दा अफ्रिकीहरुको प्रभाव हामीकहाँ आएको पाइन्छ । पुसु भनेर अफ्रिकीहरुले रगतमा मुछेर टीका लगाउँछन् । अरु कतिपय उत्तरी र दक्षिणी प्रभावको मिसमास पनिहाम्रो संस्कृतिमा पाइन्छ । विश्व प्रचलनका अन्तरप्रभावी संस्कृतिको रुपमा नै मानव संस्कृति रहेको छ ।

अहिले नौ थरी अन्न मिसाएर कतिपयले जमरा राखेको पाइन्छ । सुरुवातमा मूलतस् उवा भन्ने एक किसिमको अन्नबाट जमरा उमारिन्थ्यो । पछि उवासँगै जौं भयो, त्यसपछि गहुँ पनिमिसाए, पछि मकै पनि मिसाए । मकै त हाम्रो सभ्यतामा धेरै पछि मात्र आएको हो । मकैको प्रचलन पश्चिमी माया सभ्यताबाट विकसित भएको हो ।

शिकारी युगपछि कृषि युगको प्रारम्भ हुँदा अन्तरकुन्तर र कुनाकानीमा उम्रिएका अन्नका पहेंला मुजुराहरुलाई टीकासँगै लगाउने चलन खासगरी राई, लिम्बू, मगर, गुरुङ लगायत अहिलेकाजनजाति भनिने मातृत्वपूजक संस्कारबाट प्रारम्भ भएको थियो ।

जमराको सन्दर्भमा एउटा लिम्बू मिथक छ । शिकारको क्रममा ढुकुर मारिएको थियो, ढुकुरले विभिन्न ठाउँमा खाएका अन्न भरिएको गाँड फाल्दा त्यो पछि उम्रियो । त्यो देखेर यो तसुन्दर चिज रहेछ, यति कलकलाउँदो पहेँलो विरुवालाई फूलको रुपमा लगायो भने राम्रो होला भनेर कानमा सिउरिने, माला बनाउने, टोपीमा लगाउने गर्न थालियो । त्यसलाई सगुन मानियो । त्यो सगुन लगाएर शिकार गर्न जाँदा फलिफाप हुने विश्वास गरियो ।

त्यो सगुनमा पाइएको अन्नहरु रोप्दा फलेर त्यसबाट खान र प्रयोग गर्न पाइने, उत्पादन गर्न सकिने भयो । खासगरी कृषि युगको थालनीको सन्दर्भ थियो त्यो । कृषिको सन्दर्भसँगअरु पर्व पनि जोडिन्छन्, जस्तै कृषिको कथासँग जोडेर साकेला सिली नाचिन्छ । यस्तै न्वागी खाने चलन कृषि उपजको पहिलो प्रयोगसँग जोडिन्छ ।

आयुर्वेदमा जमराको सर्बत खाएमा कतिपय विकार, अर्बुदजन्य रोगहरुमा समेत फाइदा पुग्छ भन्ने भनाइ छ । कसैकसैले दशैंको जमरालाई सुकाएर धूलो बनाएर औषधिको रुपमा प्रयोगगरेको पनि पाइन्छ । यसरी मानव स्वास्थ्यलाई फाइदा हुने र तागत मिल्ने अंकुरित गेडागुडी, तुलसी, पाते चिया जस्ता वनस्पति पनि हुन्छन् । तर, खासमा जमराको प्रयोगऔषधिजन्य रुपमा नभई फूलको रुपमा नै गरिन्छ ।

बलि भनेर अहिले जुन भावधारा देखिन्छ, यथार्थमा पहिले यस्तो काटमार र हिंसाको रुपमा थिएन । पहिले निश्चित भाग बिलो निश्चित पात्रहरुलाई, त्यो बेला कर्म गरिएकाहरुलाई छुट्याउने हिस्सा, कर र दायित्वका रुपमा बलिलाई लिइन्थ्यो । पछि चाहिँ शाकाहारी पूजा गर्नेहरुले कुभिण्डो, मुला, लौकाको बलि दिने रुपदेखि जनावरको बलि दिनेहरुले भगवानलाई रगत चढाउने रुपमा गयो ।

तर, यो काटमारको रुप दोस्रो हो । पहिले भगवानलाई चढाउने भनिएका पशुहरुको बलि दिइँदैनथ्यो । त्यसलाई डामेर छोडिदिने, जल सिञ्चन गरेर यो भगवानको निम्ति चढाइयो भनेर छोडिदिने चलन थियो । त्यसको अवशेष अहिले पनि कतैकतै पाइन्छ, मन्दिरहरुमा चढाएको भनेर बोकाहरु छाडिदिएको पाइन्छ । देवतालाई चढाइएको वाहनको रुपमा डामेर साँढेहरु छाडेको पाइन्छ । प्राचीन अवशेष पनि एकातिर हामीकहाँ छ ।

मानिस खासमा शिकारी संस्कारबाट ग्रस्त भएकोले उसले आफू त्यो लोभबाट बच्न नसकेर बलिलाई गलत तरिकाले अघि बढाएको पाइन्छ । त्यस क्रममा भगवानलाई जिउँदै चढाउनु भन्दा काटेर चढाइदियो । टाउको र रगत भगवानको नाममा जान्छ, शरीर त ल्याएर प्रसादको रुपमा हामीले खान पाइन्छ भन्ने लोभी चिन्तन बढ्यो ।

आज एकातिर यस्तो बलि दिनु हुँदैन, बलि प्रथा अत्यन्त जीवघाती हो, हिंसात्मक संस्कृतिको पक्षपोषक हो, यसलाई रोक्नुपर्छ भन्ने अभियान पनि चलिरहेको छ । त्यो राम्रो कुरो पनि हो । अर्को्तिर, बलिलाई रुपान्तरण गर्दै फलफूलको, अन्नपात र सागपातको, पूजा प्रसादी रोटी मनभोगहरु बनाएर दिऊँ भन्ने खालको सोच पनि पाइन्छ ।