देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएद्धारा शंखमूल पार्क हस्तान्तरण

देशान्तर

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले करिब अढार्इ करोड रूपैयाँको लगातमा निर्माण गरेको शंखमूल पार्क बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ। ३२ रोपनी क्षेत्रफलमा पार्क बनाउन सुरुमा २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। निर्माण सम्पन्न हुँदा २ करोड ४२ लाख ९९ हजार खर्च भएको एनआरएनए उपाध्यक्ष एवं पार्क निर्माण कार्यको संयोजन गरेका कुल आचार्यले जानकारी दिए।

पार्क निर्माणका लागि हालसम्म १ करोड ५३ लाख ६८ हजार २ सय ६८ रुपैयाँ सहयोगको प्रतिबद्धता आएको छ, उनले भने, १ करोड १७ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ सहयोग प्राप्त भइसकेको छ। पार्क निर्माणका लागि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ लाख, पूर्वअध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले जनही १५ लाख, डा. निरजगोविन्द श्रेष्ठले १० लाख रुपैयाँ सहयोग गरेका छन् । यसबाहेक अन्य सहयोगी संस्था र व्यक्तिले पनि पार्क निर्माणमा सहयोग गरेका छन् । शंखमूल पार्कमा स–साना पोखरीहरु, चौबिसै घण्टा पानी बग्ने शंखमूल धारा लगायत संरचना निर्माण भएका छन् ।

सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई पार्क हस्तान्तरण गरेका हुन् । अध्यक्ष भट्टले पार्क निर्माणमा चुनौती धेरै भए पनि आफ्नै पालामा सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरे । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनआरएनएले निर्माण गरिदिएको पार्क संरक्षण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहरी विकासमन्त्री मोहम्मद इस्तिायक राईले अनुकरणीय काम गरेर सरकारलाई गुन लगाएको उल्लेख गरेका थिए। अहिले देशमा स्थिर सरकार रहेकोले बैदेशिक लगानीको उपउक्त वातावरण रहेकाले गैरआवासीय नेपालीले देश निमार्णमा लगानी गर्न पनि आग्रह गरे। कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, निवर्तमान अध्यक्ष शेष घले तथा पूर्वअध्यक्ष जीवा लामिछानेले सामाजिक काममा एनआरएनको सँधै साथ रहने प्रतिबद्धता जनाएका थिए।