काठमाडौं । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्त गरेका छन । प्रधानमन्त्री ओलीले डाक्टर गंगाप्रसाद उप्रेतीलाई आउँदो चार वर्षका लागि प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेका छन ।
यसैगरी सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका हुन । उप्रेती यसअघि पनि कुलपति पदमै कार्यरत थिए । प्रधानमन्त्री ओलीले उपकुलपति डा.उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराएका हुन । सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र सांस्कृतिक हिसाबले उजिल्याउने काम गर्नु पर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपाली वाङमयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनु पर्ने बताएका छन । प्रधानमन्त्री ओलीले नेपालका सांस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई मजवुद बनाउने काम गरेको बताए ।
प्रतिक्रिया