काठमाडौं । नेपाल भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा २ – १ ले हराएर नेपाल उपाधि नजिक पुगेको हो ।
नेपालले फाइनलमा बंगलादेश र भुटानबीचको विजेतासंग खेल्नेछ । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय १ – १ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो ।
यसअघि रश्मी कुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको थियो । घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, भारतकी समिक्षाले ६३ औं मिनेटमा हेडबाट गोल गर्दै खेल बराबरी गरेको थियो ।
प्रतिक्रिया