देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस बैठक दिउसो १ बजे

देशान्तर

काठमाडौँ । विधान समितिले सबै प्रदेशबाट संकलित सुझावलाई समेटेर आजदेखि विधान मस्यौदालाई अन्तिम रूप नेपाली कांग्रेस छलफलमा जुटेको छ ।

असोज ८ देखि १३ गतेसम्म समितिले आयोजना गरेको प्रदेशस्तरीय छलफलपछि समितिका सदस्यले संयोजक पूर्णबहादुर खड्कालाई संकलित सुझाव बुझाएका छन् । समितिल आज दिउँसो १ बजेको बैठकबाट एकीकृत विधानलाई अन्तिम रूप दिँदैछ ।

‘सबै प्रदेशबाट संकलित सुझाव बुधबारसम्म काठमाडौं आइसकेकाले आजबाट दफावार छलफल हुन्छ । संकलित सुझावमाथि एक पटक दफावार छलफल गरिने र त्यसपछि प्रारम्भिक विधानलाई अन्तिम रूप दिने समितिको तयारी छ ।

समितिले काठमाडौंस्थित केन्द्रीय कार्यालय, इलाम, वीरेन्द्रनगर, धनगढी, जनकपुर, भैरहवा, पोखरा, धुलिखेल, विराटनगर, वीरगन्ज, बागलुङ, र घोराहीमा सुझाव संकलन कार्यकम गरेको थियो ।

कांग्रेसले सभापतिलाई बलियो बनाउने गरी विधानको प्रारम्भिक मस्यौदा बनाएको छ । मस्यौदालाई नै अन्तिम रुप दिनका लागि सक्रियता पूर्वक कांग्रेसका सवै नेता जुटेका छन् ।

बुधबार पनि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले अनौपचारिकरुपमा छलफल गरेका थिए ।

विधान समितिले आजदेखि गर्ने बैठकमा आफ्नो प्रस्तुति कसरी गराउनेबारे छलफल भएको नेताहरुले बताएका छन् । कांग्रेसले मंसिर ५ देखि ९ गते सम्म काठमाडौंमा महासमिति भेला गर्दै छ ।

कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक आउँदो शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै शुक्रबारको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रीत सदस्यहरूलाई केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन आग्रह गरेका छन ।

यसअघि भदौ अन्तिम साता सभापति शेरबहादर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यसम्पादन समिति, अनुशासन समितिलगायत विषयमा सहमति नभएपछि कांग्रेसको बैठक सूचनासमेत जारी नगरी स्थगन भएको थियो।

शुक्रबारको बैठकमा सभापति देउवाले कार्यसम्पादन र अनुशासन समिति गठनको प्रस्ताव लैजाने तयारी रहेकोे उहाँको सचिवालयले जनाएको छ ।