देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एलोभेराको यस्ता छन् फाइदाहरु

देशान्तर

काठमाडौं । एलोभेरालाई हाम्रो गाँउघर तिर घ्युकुमारी नामले पनि भनेर चिनिन्छ । आजभोली सौन्दर्य निखार्नको लागि बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा बजारमा एलोभेरा प्रयोग भएको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ ।

यो बहुउपयोगी वनस्पतिले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्याहरुलाई ठिक गर्न सहयोग गर्छ । साथै थोरै जग्गामा पनि सानो सानो गमलामा यसलाई रोपेर यसको प्रयोग गर्न सकिन्छ ।
एलोभेराका फाइदाहरु
.यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ ।

.यसको काँडायुक्त पातहरुलाई काटेर रस निकाली विहान खाली पेटमा ३(४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ । यसले गर्मी पनि काट्छ ।

३.टाउको दुख्ने, डायबिटिज, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ ।

.यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ । यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ ।

.आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।