देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यु-१९ एसिया कप : नेपालद्धारा युएई पराजित

देशान्तर

काठमाडौं । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६८ रन बनाएको थियो । युएईले २६८ रन बनाएपछि नेपालले २६९ रनको लक्ष्य पछ्याएको नेपाली युवा टोलीले खेलमा ३ बल बाँकी हुँदा ७ विकेट गुमाएर २७५ रन बनाउँदै एसिया कपमा पहिलो जित हात पारेको हो ।

नेपालका लागि राष्ट्रिय टोलीका नियमित सदस्य रोहितकुमार पौडेल र युवा खेलाडी सुन्दिप जोरोेले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए । नेपालका लागि रोहितकुमार पौडेलले सर्वा्धिक ८८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्र्दै ९८ रन बनाए । त्यस्तै अर्का ब्याट्सम्यान सुन्दिप जोराले ६ चौका र २ छक्का हान्दै ६७ रन बनाएका थिए ।

नेपालका लागि कप्तान मोहमद आसिफ शेखले ३५ रन र रसिद खानले २७ रन बनाउँदा रित गौतमले १८ रन बनाएका थिए । नेपालले ७ विकेट गुमाउँदा युएईका आरोन बेञ्जामिन र आरेन लाक्राले समान दुुई—दुुई विकेट लिएका थिए भने फहद नवाज र कार्तिक पालानियापानले एक—एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको युएईका लागि कप्तान फहद नवाजले सर्वा्धिक ८७ रन बनाए भने युएईका टन्डनले ६७ रन बनाए । ब्रान्डन एडमले १९, अलि मिराजले १६, फिगे जोनले १५ र शेद हैदरले १२ रन बनाए । वासी शाहले १८ तथा पलानिएप्पन ११ रनमा अविजित रहे । नेपालका नन्दन यादव, पवन सर्राफ र रसिद खानले २–२ विकेट लिए । सागर ढकाल र सोनु तामाङको नाममा १–१ विकेट रह्यो । नेपाल र युएई दुवै प्रतियोगिताबाट बाहिरिसकेकाले यो प्रतिष्ठा जोगाउने खेलमात्र थियो ।