काठमाडौँ । साहित्यकार प्रकाश सायमीलाई पितृ शोक परेको छ । नेपाली संगीतका बारेमा विस्तृत जानकारी राख्ने तथा चलचित्रकर्मी समेत रहेको सायमीका पिता रत्नदास मानन्धरको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।
मधुमेहका रोगी मानन्धरलाई दुई हप्ताअघि स्ट्रोक भएको थियो । उनलाई उपचारका लागि ललितपुरमा रहेको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
पिताको उपचारकै क्रममा निधन भएको र अन्तिम समयमा परिवारका सदस्य साथमै रहेको उनका माइला छोरा प्रकाश सायमीले जानकारी दिएका हुन् ।
पिताको आइतबार नै नेवारी परम्परा अनुसार क्षेत्रपाटीमा रहेको शोभाभगवतीमा अन्तिम संस्कार हुने उनले बताएका छन् ।
प्रतिक्रिया