काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा कम्पनीलाई लगानी विविधिकरण गर्न आग्रह गरेका छन् । विकासोन्मुख राष्ट्रका बिमा कम्पनीहरुको २१ औं सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् । बिमा कम्पनीहरुले सेयर बजारमा बढी लगानी गर्दा जोखिम पनि बढेकाले कम जोखिम हुने क्षेत्रमा लगानी विविधिकरण गर्नुपर्ने डा. खतिवडाको भनाई छ ।
उनले भने ‘तपाईंहरु बिमा क्षेत्रमा पनि लगानी गर्ने, बैकमा पनि लगानी गर्ने, सेयर बजारमा पनि लगानी गर्ने रु यो हुन सक्दैन, यसले लगानीमा जोखिम बढाउँछ, जोखिम बढाउनेतर्फ लाग्नुभन्दा लगानीको विविधिकरणमा लाग्नु अहिलेको आवश्यकता हो ।’ कार्यक्रममा मन्त्री खतिवडाले निर्जीवन बिमा कम्पनीहरुको ५२५ ध्यान गाडीमा मात्रै गएको भन्दै अन्य क्षेत्रमा कम ध्यान दिएको प्रति गुनासो गरे ।
उनले कृषि बाली बिमामा पनि ध्यान दिन आग्रह गरे । दाबी भुक्तानी गर्न ढिलो भएका कारण बिमाप्रति जनताको चासो घटेको अर्थमन्त्रीले बताए । उनले भने ‘अब बिमा क्षेत्रमा पनि प्रविधि आवश्यक भएको छ । सेवाग्राहीले घरमै बसेर दाबी भुक्तानी पाउनु पर्छ ।’ जनताले पाउने भुक्तानी कहिले हुने भन्नेमा अन्योलता पैदा नगर्न समेत उनले आग्रह गरे ।
कार्यक्रममा मन्त्री खतिवडाले सरकारले लघुबिमालाई प्रभावकारी रुपमा बढाउने बताए । यसले गरिबीको रेखामुनी रहेका जनताको आयस्तर माथि उकास्न सहयोग गर्ने बताए । उनले अहिले साइबर रिक्स बढी रहेको भन्दै यसतर्फ सबै समयमा नै चनाखो रहनुपर्ने आवश्यकता औंल्याए । सम्मेलनमा भागलिन २० देशबाट १५० जना भन्दा बढी सहभागी भएका छन् ।
प्रतिक्रिया