काठमाडौँ । सिनेमा ‘बादशाह जुट’को छायाँकन सकिएको छ । सोमबार ललितपुरको श्रीकाली चौरमा ‘बादशाह जुट’मा समावेश लोक फ्लेवरको गीतको छायांकनसँगै सिनेमाको इण्डक्ल्याप गरिएको हो । निर्देशक जोनी सिंह राणाले वैशाख १० गतेबाट छायांकन सुरु गरिएको सिनेमाको एक गीतबाहेक बाँकी काम पुरा भएको बताए ।
सिनेमाको छायांकन सो मितिबाट लगातार गरिएको नभइ विभिन्न समयमा गरिएको हो। निर्माणपक्षले सिनेमा पुस १३ गते रिलिज गर्ने पनि बताएको छ। सिनेमाका निमार्ता भोजराज श्रेष्ठले दुई राजाको कथामा निमार्ण भएको ‘बादशाह जुट’को छायांकनमा आफुले कुनै पनि कुराको कमी हुन नदिएको भन्दै सिनेमा एकदमै राम्रो बन्ने विश्वास व्यक्त गरे ।
‘बादशाह जुट’मा सुशिल श्रेष्ठ, आमिर गौतम,रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ। सिनेमामा चर्चित नायिका प्रियंका कार्की विशेष भुमिकामा देखिनेछिन् ।
एच एण्ड बि फिल्मस् प्राली र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रालीको संयुक्त व्यानरमा निर्माण भएको सिनेमामा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज,विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।
प्रतिक्रिया