देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरा प्रिमिएर लिगका लागि खेलाडी दर्ता सुरु

देशान्तर

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल)का लागि खेलाडी दर्ता सुरु गरिएको छ ।  कार्तिक दोस्रो साता पोखरामा सुरु हुने प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउँदैछन् । ती टिमले खेलाडीहरु अक्सनमार्फत खरिद गर्नेछन् । पीपीएलमा खेल्न चाहने खेलाडीहरुले वेबसाइटमा गएर नाम दर्ता गर्नुपर्ने र त्यसका लागि १ हजार दर्ता शुल्क तोकिएको छ ।  पीपीएलमा सहभागी हुने खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ ।

क्याप्ड सिनियर, क्याम्पड एज लेभल र अन क्याप्ड रहेका छन् । क्याप्ड सिनियर खेलाडीका लागि न्यूनतम ५० हजार र अधिकतम २ लाख ५० हजार तोकिएको छ । एज लेभलको न्यूनतम ५० हजार तथा अधिकतम १ लाख ५० हजार  तोकिएको छ । अन क्याप्ड खेलाडीका लागि न्यूनतम ३० देखि अधिकतम ५० हजार तोकिएको छ ।

एउटा टिमले पीपीएलका लागि १५ देखि १८ सम्म खेलाडी छनोट गर्नुपर्ने छ । पीपीएलका लागि १ जना मार्की प्लेयर, २ जना विदेशी र २ जना स्थानीय खेलाडी राख्नुपर्ने नियम बनाइएको छ । खेलाडी दर्ता असोज ९ गते सम्म हुने छ । प्रतियोगिता क्विन्स इभेन्टस प्रालिले आयोजना गर्न लागेको हो ।