काठमाडौं । अवार्डको लोभ कुन कलाकारलाई हुँदैन र ? नेपालको हकमा त कलाकार अवार्डका लागि लगानी गर्न समेत तम्सिने गर्दछन् । कलाकारले कहिलेकाँही अवार्डको लोभ गर्दा उसले अभिनय गरेको चलचित्र युनिट निकै अप्ठ्यारोमा पर्ने गरेका छन् ।
यस्तै अवस्थाको सामना गर्नुपरेको छ, निर्देशक रेनेशा बान्तवा राइले । ‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक रहेकी रेनेशाले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका कारण अप्ठ्यारोमा परेकी हुन् ।
पूर्वसहमति विपरित साम्राज्ञी अवार्ड थाप्न जापान उडेपछि निर्देशक राई आफै हिरोको अंगालोमा समेत बाँधिनु परेको छ ।
प्रसंग हो – आइतबार राजधानीमा आयोजित तेस्रो सिने सर्कल अवार्ड समारोहको । जसमा निर्देशक रेनेशाले चलचित्र प्रचारका लागि हिरो हिरोइनको एक प्रस्तुति राखेकी थिइन् । तर अवार्ड आयोजना पूर्व नै अभिनेत्री साम्रज्ञी विदेश उडेपछि उनले उक्त प्रस्तुतिका लागि आफै हिरोसँग स्टेजमा उत्रनुपर्यो ।
खबर नै नगरी साम्राज्ञी जापान अवार्डमा उडेकोले आफूलाई निकै अप्ठ्यारो परेको निर्देशक रेनेशाले गुनासो गरिन् ।
प्रतिक्रिया