काठमाडौं । एनआईसी एशिया बैंकले आउँदो दशै, तिहार र छठलाई लक्षित गरी ‘चाँडपर्व मनाऔं, एन आई सी एशिया रेमिट सँगै’ भन्ने नारा सहित आफ्ना ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने अफर सार्वजनिक गरेको छ ।
रेमिट रकम ग्राहकहरुले एनआईसी बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।
यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्म लागि रहने र योे समयमा ग्राहकले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म एन आई सी रेमिट मार्फत रकम पठाउने आफ्ना सग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको हो ।
प्रतिक्रिया