काठमाडौं । झरना थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ए मेरो हजुर ३ को कलाकार छनोटको काम धमाधम भइरहेको छ । सुपरस्टार नायक अनमोल केसी र झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहने फिल्मको केही दिन अघि मात्र पोखरामा शुभ मुहूर्त गरिएको थियो। सुहानाले यसै फिल्मबाट डेब्यु गर्दै छिन्।
अनमोल र सुहाना फिल्ममा मुख्य भूमिकामा देखिए पनि अन्य कलाकारको भने तय भइसकेको थिएन। फिल्ममा नायक सलोन बस्नेत अनुबन्धित भएको खबर बाहिरिएको थियो। ए मेरो हजुर २ मा पनि अभिनय गरेका सलोनले ए मेरो हजुर ३मा पनि अभिनय गर्ने पक्का भएको छ। फिल्मको कथाअनुसार नै कलाकाहरुको छनोट गरिएको निर्देशक झरना बताउँछिन्।
’सुहाना फिल्म’को व्यानरमा निर्माण हुने यस फिल्ममा सुनीलकुमार थापाको लगानी रहने छ । फिल्ममा एक सेलिब्रेटी र फ्यान विचको प्रेमकथालाई प्रस्तुत गरिनेछ। फिल्मले चैत २९ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।
प्रतिक्रिया