देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनकामना मन्दिरमा दशैं भित्रै पूजा गर्न पाइने

देशान्तर

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुननिर्माण सकिएको छ । मूल मन्दिरको संरचना पुननिर्माणको काम सकिएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ । मन्दिरको पश्चिम भागमा ‘रिटेनिङ वाल’ लगाउन पूरातत्व विभागले स्टिमेट गरिरहेको उनले बताए ।

मन्दिरको संरचना पुननिर्माणका लागि १३ करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ । मन्दिर जीर्णोद्धारका लागि पुरातत्व बिभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो ।

मन्दिर पुननिर्माणका लागि भक्तजनबाटै करिब दश करोड रकम संकलन भएको थियो । दशैंसम्ममा भक्तजनले मन्दिरभित्रै पूजा गर्न पाउने श्रेष्ठले बताए । भूकम्प अघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुननिर्माण थालिएको हो ।