काठमाडौं । ‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले एकैसाथ दुई नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले एकैसाथ ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गा कर्जा’ योजनाहरु सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक गरिएका यी कर्जा योजनाहरु ग्राहकको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझबढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको जनाइएको छ ।
चमत्कारिक सवारी कर्जा
यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकहरुले चामत्कारिक लाभ उढाउन सक्ने दाबी गरिएको छ । चमत्कारिक सवारी कर्जाका विशेषताहरु :
१. तुरुन्तै कर्जा स्वीकृति (On the Spot Financing) हुने
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्य अनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने )
४. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था
चमत्कारिक घर जग्गा कर्जा
यस योजनाका विशेषताहरु :
१. आफ्नो आम्दानी अनुसार आफै मासीक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने
दुवै चमत्कारिक कर्जा योजनाहरुमार्फत बैंकका देशभर रहेका २४४ वटै शाखा कार्यालयहरुबाट ग्राहकले आफुले चाहेको गाडी तथा घर जग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराइने बैंकले जनाएको छ ।
एनआइसी एसियाले मुलुकभर २४४ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार रू.१८८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५९ अर्ब तथा कर्जा रू. १३२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको विज्ञप्तिमा जनाइएको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख भन्दा बढि रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाइएको छ ।
प्रतिक्रिया