काठमाडौं । धेरै मानिसलाई आफ्नो दाँत सेतो, चम्किलो र बलियो बनाउनका लागि टन्नै टूथपेस्ट प्रयोग गर्नुपर्छ भन्ने भ्रम छ । तर यसो गर्दा दाँत बर्बाद हुन्छ । दाँत सफा गर्नका लागि प्रचूर मात्रमा टूथपेस्ट प्रयोग गर्नुपर्ने भ्रम मञ्जनको विज्ञापनहरूले फैलाएका हुन् । खासमा आफ्नो दाँतलाई सही तरिकाले सफा गर्नका लागि मटरको दाना जत्रो मञ्जन राख्नुपर्छ । ६ वर्षभन्दा कम उमेरको
बच्चालाई त झन् टूथपेस्टको मात्रा चामलको गेडो जत्रो हुनुपर्छ ।
बच्चाहरूलाई कम मात्र टूथपेस्ट प्रयोग गर्न लगाउनुपर्छ किनकि ब्रश गर्दा धेरैजसो बच्चाहरू मञ्जन अलिकति निलिदिन्छन् जसले गर्दा उनीहरूलाई फ्लोरोसिसको रोग लाग्छ । यो रोग लागेपछि फ्लोराइडको मात्रा बढेर दाँतमा खैरो रंगको धब्बा बस्छ । अनि टूथपेस्टको ट्युबमा रहेको फरक फरक रंग पनि ध्यान दिने गर्नुपर्छ । ट्युबमा रातो, नीलो, हरियो र कालो रंगको चिह्न हुन्छ । यी रंगहरूले तपाईंको टूथपेस्ट रासायनिक तत्त्वबाट बनेको हो कि प्राकृतिक तत्त्वले भनी बताइदिन्छन् ।
टूथपेस्ट ट्युबको अन्तिम छेउमा कालो रंगको मार्क छ भने मञ्जन रसायनबाट तयार पारिएको हो । ट्युबमा रातो रंगको मार्क छ भने टूथपेस्टमा प्राकृतिक र रासायनिक चीज दुवैको प्रयोग भएको देखाउँछ । ट्युबमा नीलो रंगको मार्क छ भने प्राकृतिक चीजका साथसाथै औषधीय चीजको उपस्थिति देखाउँछ । सबै टूथपेस्टमा सबभन्दा सुरक्षित हरियो रंगको मार्क हो । हरियोले तपाईंको पेस्ट पूर्ण रूपमा प्राकृतिक कुराबाट बनेको देखाउँछ ।
रसायनमुक्त टूथपेस्ट प्रयोग गर्न चाहनुहुन्छ भने घरमा नै प्राकृतिक पेस्ट तयार गर्न सक्नुहुन्छ । त्यसका लागि समुद्री नून, नरिवलको तेल र पानी बराबर मात्रामा मिसाउनुस् । त्यसमा बेकिङ सोडा पनि अलिकति हाल्नुस् र पुदिनाको तेल पनि केही थोपा मिसाउनुस् । यी सबै कुरालाई मज्जाले मिसाउनुस् र प्राकृतिक पेस्टले दाँत र मुख सफा गर्नुस् । – एजेन्सी
प्रतिक्रिया