काठमाडौं । डोटीको जोरायल गाउँपालिका वडा नम्बर –२, छतिवनमा हेपाटाइटिस ‘बी’ फैलिएको आशंकामा प्रदेश नम्बर ७ को सामाजिक विकास मन्त्रालयको टोली मंगलबार छतिवन पुगेको छ ।
छतिवनको रुपसकाँडा गाउँमा केही दिन यता हेपाटाइटिस ‘बी’ को सन्त्रास फैलिएपछि स्थानीय नागरिकको विशेष आग्रहमा डाक्टर विकास दुवाडीलगायत ५ जनाको टोली छतिवन पुगेको हो ।
हेपाटाइटिस ‘बी’ हो वा होइन पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्ने गरी प्राविधिक उपकरणसहित टोली छतिवन पुगेको डा. दुवाडीले बताएका छन ।
जोरायल गाउँपालिका वडा नं. २ का अध्यक्ष मानबहादुर मल्लका अनुसार त्यस गाउँका ७ र ८ जनामा हेपाटाइटिस ‘बी’ प्रमाणित भइसकेको छ ।
प्रतिक्रिया