देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्राफिक व्यवस्थापन चुस्त बनाउन आईजीपीको निर्देशन

देशान्तर

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान अनुगमनका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गरे ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख र काठमाडौँ उपत्यकामा आठ लाख सवारी साधन आवातजावत गर्दछन् । सवारी चाप घटाएर यातायात आवागमनलाई सहज तुल्याउँदै जनताको इच्छा आकाङ्क्षाअनुुसार ट्राफिक प्रहरी चल्नुपर्ने उनले बताए । खनाल प्रहरी महानिरीक्षक हुनुभन्दा पहिला महाशाखाको प्रमुखका रूपमा कार्यरत थिए ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे अवगत गराए ।