देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेगनास तालमा डुङगा पल्टियो, ४ जनाको जीवितै उद्धार, ५ जना बेपत्ता

देशान्तर

पोखरा । पोखरा महानगरको लेखनाथस्थित बेगनासतालमा आज डुङगा दुर्घटना भएको छ । डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भन्ने ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

डुङ्गा पल्टिएको खबर पाउने बित्तिकै प्रहरी टोली उद्धारका लागि बेगनास तालमा पुगेको थियो । सोही क्रममा ४ जनाको उद्धार गरिएको हो । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।