देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र बङ्गलादेशबीचको खेल आज ,नेपाललाई जित्नैपर्ने दबाव

देशान्तर

काठमाडौं । बंगलादेशमा जारी साफ च्यान्पियनसिप अन्तर्गत आज नेपालले समुह चणरको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगबन्धु रंगशालामा हुने खेल नेपाली समयअनुसार आज साँझ ६ः४५ मा सुरु हुनेछ । नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा खेल्दै छन् ।

समूह ए मा चारै टोलीको सेमिफाईनलमा प्रवेश गर्नको लागि पहिलो खेल सबै टोलीको लागि महत्वपुर्ण रहेको छ । गोल अन्तरका आधारमा दुई टोलीले अन्तिम चारमा स्थान बनाउने भएकाले पहिलो खेलले नै दुई टोलीको निर्धारण गर्नेछ ।

पहिलो खेलमा पाकिस्तानले भुटानमाथि जीत हात पारे पाकिस्तान अघि बढ्ने सम्भावना रहने छ । भुटानसँग जीत हात पारे पाकिस्तान पराजित भएमा नेपाल र बंगलादेशले बराबरी खेल्न सके टोलीले अन्तिम चारमा स्थान बनाउँनेछन् ।

बंगलादेशमाथिको जीतले नेपालको अन्तिम चारमा स्थान पक्का हुनेछ । नेपालको लागि आजको खेल निकै महत्वपुर्ण छ ।