देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिमस्टेक सम्मेलनमा संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको छैन : परराष्ट्रमन्त्री

देशान्तर

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको स्पष्ट पारेका छन्।परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखे पनि त्यस सम्बन्धमा कुनै पनि निर्णय नगरिएको स्पष्टिकरण दिएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समितिका सदस्यहरुले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० लाई सक्रिय बनाउन नेपाल प्रतिबद्ध रहेको पनि बताए । उनले सार्कलाई बिमस्टेकको विकल्पमा रुपमा लिनुहुन्न भन्ने मान्यतामा सरकार दृढ रहेको पनि स्पष्ट पारे ।

परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमार्फत् नेपालले कनेक्टिभिटी, व्यापार र लगानीलाई मुख्य जोड दिएको पनि समितिलाई जानकारी दिए । उनले बिमस्टेक शिखर सम्मेलनको १८ बुँदे काठमाडौं घोषणा पत्र कार्यान्वयनका गर्नका लागि छिट्टै सदस्य राष्ट्रहरुबीच श्रीलंकामा बैठक बस्ने तयारी भैरहेको पनि बताए।

बैठकमा समितिका सदस्य डा. नारायण खड्काले बिमस्टेक शिखर सम्मेलनलाई सार्कको विकल्पको रुपमा लिने गल्ती नगर्न मन्त्री ज्ञवालीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।