देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिपक्षको यस्तो काम सहयोग हो कि अवरोध ?

देशान्तर

‘ओलीले विगतको सरकारले विरासतमा छाडेका समस्याका कारण सरकारले ६ महिनामा काम गर्न नसकेको टिप्पणी समेत गरे । कहिले संसद अवरोध त कहिले के भनेर र के गरेर सरकारलाई घेर्नै खोजिएकोछ । सांसदले सरकारको ‘डेलिभरी’ को विषय उठाइएकोमा उनले कर्मचारीहरूको पुनर्संरचना लगायतका काममा लागेको बताए । कानुन नभएको तथा प्रतिपक्षीले संसद अवरोध गरेका कारण कतिपय काम गर्न नसकिएको उनको भनाइ थियो ।’

सम्माननीय प्रधानमन्त्रीज्यूले भदौ १२ को संसद बैठकमा दिनु भएको जवाफ भन्दै विभिन्न माध्यममा प्रकाशित भएका समाचार मध्येको यो एउटा अंश हो । यसमा प्रधानमन्त्री आफैले भन्नु भएको छ – छ महिनासम्म काम गर्न सकिएन । सबैतिर यस्तै प्रतिकृया छन – सरकारको जस्तो हैसियत छ, कतै लेसपनि विघ्नवाधा नभएको, यस्तो सरकारले काम गर्न सकेन । तर काम गर्न नपाएको दोषचाहिँ प्रतिपक्षलाई लगाइयो । विगतमा पनि यस्तै हुनेगरेको थियो । सरकार प्रति सर्वसधारणले अपेक्षा गरे अनुसारको काम नगरेको भन्ने आरोप लगाए भने विपक्षले कामै गर्न दिएन भनी पन्छिने गरिएको थियो । प्रधानमन्त्रीको यो भनाइले त्यसैको पुनरावृत्ति गरेको त होइन भन्ने प्रश्न उठछ नै । यता प्रतिपक्ष भने सरकारको पर्याप्त खवरदारी गर्न नसकेको आरोप खेपी रहेकोछ । विभिन्न माध्यममा यस्तै प्रतिकृयाहरू आइरहेका छन प्रतिपक्षमाथि । सरकारले ल्याएको नीति र कार्यक्रममा प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएकै हो । यसले न कुनै संसोधन प्रस्ताव लग्यो र मतदान हुँदा विपक्षमा नै मत हाल्यो । यो धेरै ठूलो आलोचना खेप्नु परेको विषय थियो उसका लागि । प्रतिपक्षले सरकारका नीति र कार्यकं्रममा समर्थन गरेको यो एउटा उदाहरणीय थियो सरकारका लागि । यसका लागि सरकारले प्रतिपक्षलाई धन्यवाद दिनु पर्ने हो । कांग्रेसका लागि यो कम्तीमा अर्को नीति र कार्यक्रम नआउन्जेल विभिन्न पक्षबाट आरोप लागिनै रहने विषयमा पर्छ । उता यस्तो छ भने यता प्रधानमनत्री भन्नुहुन्छ विपक्षले काम गर्न दिएन । यस्तो बेला कुन कुरालाई पत्याउने हो भन्ने प्रश्न उठछ नै र त्यो निरुत्तरित नै रहन गएको छ यो बेलासम्म । यसका अरूपक्ष जे हुन कम्तीमा सरकारलाई प्रतिपक्षले काम गर्न दिएन भन्ने कुराको चाहिँ यसले खण्डन गर्छ नै । जव नीति र कार्यक्रमकै समर्थन हुन्छ भने विरोध गर्ने अरु विषय के बाँकी रहला ?

कांग्रेसले स्थलगत रूपमा सरकारको विरोध गरेको भनेको यो बीचमा एक पटक एक दिन देशव्यापी प्रदर्शन ग¥यो । तर यी शान्तिपूर्ण र सरकारले तेकेकै ठाउँमा भएका थिए । एकपटक सडकमा भएको सामान्य प्रदर्शनी नै सरकारको छ महिनाको समयमा काम गर्न अवरोध गरेको मान्ने हो भने यसको अर्को कुनै उपचार हुँदैन । हो, संसदमा पहिले आएको अध्यादेश भन्दा विलकूलै भिन्न हुने गरी सरकारले चिकित्सिा शिक्षा विधेयक प्रस्तुत गर्न लागेकोमा विपक्षीले संसद अवरोध गरेकै हो । सरकारको यो प्रस्ताव आफै गलत थियो भन्ने त सरकार आफैँले नै वताइसकेको छ सत्याग्रही डा. गोविन्द केसीको माँग अक्षरशः सम्वोधन गरेर । सरकारको यही प्रस्तावले हो उनलाई अनसन बस्न वाध्यपारेको पनि । यस्तो अनसन २७ दिनसम्म चलेको थियो । यो दिनसम्म आइपुग्दा केसीका पक्षमा देशैभरी हुने गरी नागरिक समाज प्रकट भयो । त्यसमा एउटा कांग्रेसपनि थियो । सरकारको प्रस्ताव पछि प्रधानमन्त्रीकै अग्रसरतामा फिर्ता हुने भयो । यस्तो अग्रसरताले एउटा ठूलो आँधीवेरी आउनबाट रोकेकामा प्रधानमन्त्रीलाई धन्यवाद दिनेकाम सर्वप्रथम नेपाली कांग्रेसले नै गरेको थियोे । सरकार आफैँले आफनोकाम गलत थियो भनी स्वीकारेको अवस्थामा प्रतिपक्षीले पनि त्यसलाई गलत भन्नु सरकारको काममा अवरोध पु¥याएको भन्न मिल्दैन ।

यसैहप्ता प्रधानमन्त्रीज्यूले बालुवाटारमा पत्रकारहरू संग एउटा अन्तरकृया गर्नु भयो । यो एउटा राम्रो पक्ष हो । पत्रकारले धेरैकुरा देखेका र भोगेका हुन्छन । उनीहरूसंग अनुभव साटनु र जानकारी आदान–प्रदान गर्नुले वातावरणलाई सकारात्मक दिशातर्फ लैजान्छ नै । त्यसमा सहभागी पत्रकारले नै आफना माध्यममा विवरण दिए अनुसार समाजमा निरासा बढाउने कामले खतरनाक अवस्था आउन सक्तछ । यो सत्य नै हो तर फेरी कुरा आउछ यस्तो निराशा कसैले भनिदिएको कारण आउछ कि राज्यबाट अपेक्षा गरिएको काम नहुँदा त्यस्तो हुन्छ ? यसको सही उत्तर होला –दोस्रो पक्ष बढी यसको कारक हुनुपर्छ ।

एउटा समाचार – ‘निर्मलालाई सम्झिएर झस्किइरहन्छन् सहपाठी, कञ्चनपुरको सरस्वती माविको कक्षा ९ मा अध्ययनरत जानकी भट्ट स्कुलमै बेलाबेलामा झस्किन्छिन् । झस्किने मात्र होइन, हिजोआज उनलाई पढाइमा पनि मन गएको छैन । कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै निर्मला बस्ने ठाउँमा उनको दृष्टि परिहाल्छ । किनभने निर्मला र जानकी एउटै बेन्चमा बस्थे । ‘३७ दिन भयो, निर्मलाको सम्झनाले सताइरहन्छ । पढ्न मनै लाग्दैन’, जानकीले मलिन अनुहार लगाउँदै भनिन ‘निर्मला नहुँदा कक्षा अँधेरो लाग्छ ।’ कक्षा २ देखि सँगै पढेकी जानकीलाई मिल्ने साथी निर्मलाको यादले राति निद्रासमेत पर्न छाडेको छ । ‘मेरो साथीको बलात्कारपछि हत्या भएको महिना दिनभन्दा बढी भइसक्यो’, उनले भनिन ‘अहिलेसम्म हत्यारालाई पक्राउ गरिएको छैन, हत्यारालाई छिटो पक्राउ गरी हाम्रो साथीले न्याय पाउनुपर्छ ।’ कक्षा १ देखि सँगै पढ्न थालेकी पूजा चन्द पनि निर्मलाको बलात्कारपछि हत्या भएको घटनाबाट त्रस्त छिन् । कक्षामा बसेर पढ्दा उनको मस्तिष्कमा बेलाबेला निर्मलाको अनुहार झल्किइरहन्छ । ‘निर्मलासँगै छु कि भन्ने आभास हुने गर्छ । तर एकैछिनमा निराश हुन्छु’, उनले भनिन ‘मिलनसार र पढाइमा समेत अब्बल साथी गुमाउदाँ नरमाइलो लागिरहन्छ ।’ निर्मलासँग सानैदेखि सँगै पढेकी साथी गीता जोशी पनि हुन् । ‘हत्यारा अहिलेसम्म पक्राउ नपर्दा कतै न्याय नपाइने हो कि भन्ने चिन्ता लागेको छ’, उनले भनिन् । अहिलेसम्म निर्मलाका वास्तविक हत्यारा फेला परेका छैनन् । उनलाई पनि निर्मलाले न्याय नपाउने हुन् कि भन्ने चिन्ता लागिरहेको छ । घटनापछि बालबालिकामा मनोवैज्ञानिक असर परेको विद्यालयले जनाएको छ। ‘कतिपय बालबालिका स्कुल आउनै मानिरहेका छैनन, आउने पनि त्रस्त देखिन्छन’, विद्यालयका प्राचार्य जगन्नाथ पाण्डेयले भने, ‘निर्मलाका हत्यारा पक्राउ नपर्दा झनै बालबालिका मानसिक रूपमा तनावमा परेका हुन् ।’ निर्मलाका हत्यारालाई छिटो पक्राउ गरेर कडाभन्दा कडा सजाय हुनुपर्नेमा उनको पनि जोड छ । निर्मलाको शव भेटिएको निम्बुखेडा खोलानजिकैको उखुबारी क्षेत्र भएर विद्यालय आउजाउ गर्ने बालबालिका स्कुल आउन डराउने गरेको पाण्डेयले बताए । कक्षा ११ मा नयाँ भर्ना हुन आउने विद्यार्थी पनि घटनापछि घटेको उनको भनाइ छ ।’ (अन्नपूर्ण पोष्ट भदौ १६ )

निराशपन कति गहिरो तहमा पुगिरहेको छ भन्ने यो एउटा उदाहरण हुनुपर्छ । यो कञ्चनपुरको मात्र कुरा होइन । जहाँजहाँ यस्ता घटना भए ती सबै ठाउँको प्रतिनिधित्व हो यो । यो एउटा घटना र अहिलेसम्मको अवस्था बारे प्रधानमन्त्री –‘कञ्चनपुर केसमा म पनि भर परें । तपाईहरू पनि त भर पर्नु भो नि । त्यो घटना भएपछि पहिले त पुलिसमाथि भर पर्नुप¥यो, छानविन गर्छ कि भनेर । सबै ठाउँमा हामी पुलिसमाथि नै भर पर्छौं नि । हाम्रो राज्य संयन्त्र छ, त्यसले राम्ररी काम गर्नुपर्छ, हाम्रो अपेक्षा त्यही हो । हाम्रो त्यही विश्वास हो । त्यहाँ (कञ्चनपुरमा) अप्रिय घटना भयो । दुःखद घटना भयो । निन्दनीय घटना भयो । त्यसपछि भर केमा परियो भन्दा पुलिसको । के भएको हो, राम्ररी गर्नू भनियो । काम हुँदैछ, हामी गर्दैछौं भनेपछि होला भनियो । जनताको अलिकति आवाज सुनियो । यो त चित्तबुझ्दो रिजल्ट आइराखेको छैन भनेपछि सीआइबीको अर्को टोली पठाइयो । त्यसको निश्कर्ष नआउँदै पुलिसले एकजना गिरफ्तार ग¥यो । त्यसलाई गिरफ्तार गरेपछि बल्ल यो छानविन ठीक भएन भन्ने आयो । नत्र हामीले कहीँ ढाकछोप त भएको छैन ? भनेर हामीले सीआइबी पठाएका थियौं । त्यसलाई ढाकछोप गर्न हुनसक्छ वा त्यस्तै भएको पनि हुन सक्छ वा अरु केही निश्कर्षमा पुग्नुभन्दा अगाडि भन्न सकिन्न । तर, सीआइबीको रिपोर्ट आउनुभन्दा अगाडि प्रहरीले एउटा मान्छे गिरफ्तार र्गयो । केही कुराहरू बनावटी जस्ता देखिए । त्यहाँ जनताले आवाज उठाए । त्यहाँ जनताले आवाज उठाएको भन्दा बढी हामीले बुझ्दाखेरि अलिकति संदिग्ध गतिविधि देखियो । मृतक निर्मला पन्तका बुबालाई बोलाएर जेखालको प्रश्न र व्यवहार भयो भन्ने सुनियो, त्यसले सन्ध्या पैदा ग¥यो । त्यसपछि हामीले एसपी फिर्ता र्गयौं । डीएसपी फिर्ता र्गयौं । सिडियो फिर्ता र्गयौं । अर्को टीम पठायौं । सहसचिवको नेतृत्वमा तीनजना डीआइजी राखेर उच्चस्तरीय छानविन टोली पठायौं ।’

स्वाभाविक छ सरकार प्रहरीमा भर पर्नु पर्छ नै र नागरिकचाहिँ सरकारको । यो घटनामा सबैभन्दा गम्भीर विषय के प्रकट भयो भने अपराधीलाई जोगाउने र निर्दोषलाई फसाउनेकाम भयोे । आम तहको बुझाइ र बोलाइ यस्तै छ । प्रधानमन्त्रीले पनि यो कुरालाई महशुस गरेको देखाउछन माथिका अभिव्यक्तिले । यो ठाउँमा यस्तो हुँदै छ है भनी पहिले देखिनै प्रतिपक्षले औल्याउँदै आएको थियो । प्रतिपक्षीसंग राज्य संयन्त्र हुँदैन । उसले गर्ने भनेको त खवरदारी मात्रै हो त्यसबेला यो प्रतिपक्षको कुरा भनेर सुनिएन । पछि एकजना बालकमाथि गोली लाग्दा समेत घूसपैठ भनी आरेप लगाइयो । शव्दमा नभनिएपनि यस्तो आरोप कोमाथि हो भन्ने बुझन सकिन्छ । जुनबेला सरकारले यस्तो महशुस गर्यो त्यो बेलासम्म ढिलो नै भैसकेको थियो ।

यहाँ भनिएजस्तै सरकार प्रहरीमाथि भरपरे जस्तै सर्वसाधारण सरकारमाथि भरपर्छन । उनमा निराशापन त्यतिखेर आउछ जस्तो यस्ता घटनामा सरकार गम्भीर भएको देखिँदैन सर्वसाधारणले महशुस गन पाउदैनन । जस्तो यो घटनामा भयो । विवरणहरूले अनुसन्धानको एउटा सूत्र दिएकोछ तर घटना भएको तीस चालिस दिनसम्म पनि त्यो सूत्र प्रति ध्यान जाँदैन र काम गरेजस्तोमात्र देखाइन्छ भने त्यसपछि जनतामा नैराश्यता बढन थाल्छ नै । यो घटनामा भएको त्यही हो । अझैपनि भरोषा जगाउने गरी यहाँ काम गरिएको भन्न मिल्ने ठाउँ देखिएन । यतिखेर यहाँका स्कूल कलेजमा जस्तो त्रास देखिएकोछ र त्यसको जस्तो रिपोर्टिङ भैरहेको छ त्यो पत्रकारले फैलाएको अवस्था होइन । त्यहाँ जस्तो छ त्यस्तै विवरणहरू आए । त्यसैकारण भनिएको हो जनताको अविभावक भनेको सरकार हो । त्यसले विपक्षी वा केही जनताले भनेको भनेर त्यसलाई सुन्न आवश्यक ठानिएन भने परिणाम कस्तो आउँदो रहेछ भन्ने कन्चनपुर घटना सधैँका लागि र सबैका लागि एउटा उदाहरण हुनसक्तछ ।
(लेखक नेपाली कांग्रेसका निवर्तमान सांसद हुन् ।)