काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदैछन् । उनको सचिवालयका अनुसार उनी दिउसो तीन बजे भारत प्रस्थान गर्नेछन् ।
पत्नी सीता दाहाल र छोरी सहित सचिवायका अन्य केही सदस्यसहित उनी नयाँ दिल्ली जान लागेका हुन् । भोलि उनले भारतमा भारतीय विश्व सम्बन्ध परिषद्ले गरेको एक कार्यक्रममा सम्बोधन गर्नेछन् ।
दाहालले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको भए पनि भेट हुनेबारे केही बताइएको छैन ।
दाहाल काठमाडौं फर्किएलगत्तै चीन जाने कार्यक्रम तय भएको छ । उनी भदौको अन्तिममा चीन जाने तयारी गरिएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया