देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली घ्यू प्रतिस्थापन गर्न पतञ्जली घ्यूको मूल्य बढाइयो

देशान्तर

काडमाडौं । स्वदेशी घ्यूलाई प्रवर्द्धन गर्न भारतबाट आयातित घ्यूको मूल्य बढाइएको छ । न्यून बिजकीकरण र चोरीपैठारी भएर भारतबाट आयात भएको घ्यूलाई नेपाली घ्यूले प्रतिस्थापन गर्न मुल्यांकन बढाएर महंगो बनाइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको विशेष आग्रहमा अर्थमन्त्रालयले बाबा रामदेवले सञ्चालन गरेको पतन्जलीको घ्यू र अमुलको घ्यूको मुल्यांकन बढाएर ४०० भारु अर्थात ६४० रुपैयाँ बनाइएको छ । यसअघिको मुल्यांकन २५० भारु थियो ।

अब ६४० मा ३० प्रतिशत भन्सार महसुल र त्यसको १३ प्रतिकर भ्याट समेत गरी प्रतिलिटर घ्यूको मूल्य ९४० रुपैयाँ कायम भएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले प्रति लिटर घ्यू ८५० रुपैयाँमा बेचिरहेको छ ।

अब नेपाली घ्यूभन्दा भारतीय घ्यू महंगो भएपछि प्रतिस्पर्धा गर्न सजिलो हुने नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । भारतीय घ्यूको मुल्यांकन बृद्धिले नेपाली किसानलाई निक्कै राहत महसुस भएको राजभण्डारीको बताए ।