देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनमोलले ‘ब्याचलर बन्टी’को लागि उकुसालाई रोजे

देशान्तर

काठमाडौँ । नेपाली मेगास्टार भनेर चिनिने नायक अनमोल केसीको नयाँ चलचित्र ‘ब्याचर बन्टी’ छायांकन अगावै चर्चामा छ । उक्त चलचित्रमा अनमोलले लिएको पारिश्रमिक र उनको भूमिकाको बारेमा दर्शक माँझ निकै नै कौतुहलता बढाएको छ  साथै सबैलाई थाहै भएको कुरा हो अनमोलले नयाँ नायिका संग मात्र फिल्म खेल्छ भनेर यही विचमा उक्त फिल्मको निर्माण पक्षले चलचित्रका लागि नयाँ नायिका फाइनल गरेको छ ।

मोडल उकुसा गिरीलाई अनमोलको जोडीको रुपमा प्रस्तुत गर्ने तयारी निर्देशक मिलन चाम्सले गरेपछि उकुसा पनि अहिले चर्चामा छिन् । विभिन्न सौन्दर्य प्रतियोगीता जितेकी उकुसा र अनमोलको उचाइ मिलेको चर्चा समेत छ । अनमोलले आठौ चलचित्रसम्म आइपुग्दा पनि फ्रेस अनुहारसँग नै काम गरिरहेका छन् ।